कोभिड–१९ को प्रभावबारे इन्सेकको छलफल

11 November, 2020 10:25

सङ्गीता डिम्दोङ,
कमलामाई । नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य एवं सिन्धुली शाखाका सभापति अशोक श्रेष्ठले कोभिड–१९ महामारीका समयमा स्थानीयतहसँगको समन्वयमा राहत वितरण र आइसोलेन निर्माणको कार्य सहजसाथ गरिएको बताउनुभएको छ । सभापति श्रेष्ठले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुलीद्वारा बुधबार माढीमा आयोजित ‘कोभिड–१९ को प्रभाव र नागरिक समाज एवं सञ्चार क्षेत्रको भूमिका’ विषयक एक दिने छलफलमा यस्तो धारणा व्यक्त गर्नुभएको हो । युएसएआइडी र एफएचआई ३६० को सहयोगमा पारस्पारिक जवाफदेहिता परियोजना अन्र्तगत सो छलफल आयोजना गरिएको हो । छलफल नेपाल पत्रकार महासंघ सिन्धुलीका सचिब बिदुर पौडेलले महामारीको समयमा पनि जिल्लाका सञ्चारकर्मीले सुचना सम्प्रेषण कार्य नरोकेको बताउनुभयो ।लउहाँले बिपदको समयमा आर्थिक अवस्था नाजुक भए पनि सिन्धुलीका सञ्चार गृह बन्द नभएको बताउनुभयो । मानव रक्षक सञ्जाल सिन्धुलीका अध्यक्ष द्वारिका काफ्लेको अध्यक्षता एवं इन्सेक सिन्धुलीका संयोजक बिमला पाण्डेले सञ्चालन गर्नुभएको कार्यक्रममा इन्सेक बाग्मती प्रदेश संयोजक कृष्ण गौतम, कार्यक्रम संयोजक गणेश पहाडी, नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक अध्यक्ष शेषराज दाहाललगायतको उपस्थिति रहेको थियो ।

Source: http://janasamar.com/archives/7284?fbclid=IwAR0eq-ISDNlvwmVCEp5ZlMB_-gQ5VS0CpFet37bszag_R9Vm5QjLrDXIP48