नेपालगन्ज, २० चैत । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा १० लाख ४ हजार ६ सय ५४ रुपियाँ प्रदान गर्ने निर्णय गरेको छ ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई सो रकम प्रदान गर्ने निर्णय इन्सेकले गरेको जानकारी इन्सेक प्रदेश नम्बर पाँचका संयोजक भोला महतले गराउनु भयो ।
इन्सेकमा कार्यरत पूर्णकालीन कर्मचारी, ७७ जिल्ला प्रतिनिधि तथा विभिन्न परियोजनामा कार्यरत कर्मचारीहरूको सात दिनको तलब वापतको रकम उक्त कोषमा जम्मा गरिएको संयोजक महतले जानकारी गराउनु भयो ।
Source: http://nepalgunjfm.com/?p=4309&fbclid=IwAR1TRWKzrAIImdznJTzcJPyEID4PXcNw0EMhBd5zm-NY9TrKEu4uiDA7LBU
HUMAN RIGHTS NEWS PORTAL







