खोटाङमा यो ६ महिनामा ३७ मानवअधिकार उलङ्घनका घटना घटे : इन्सेक

नमस्ते खोटाङ डटकम । २०८१ असार ११ गते

खोटाङ, मानवअधिकारको क्षेत्रमा काम गर्ने संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) खोटाङले असार ११ अर्धवार्षिक समीक्षा गरेको छ । उक्त संस्थाले प्रकाशन गर्ने मानव अधिकार र सामाजिक न्यायको निम्ति नेपालमा मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्धवार्षिक समीक्षा गरेको हो ।उक्त पुस्तकमा समावेश गरिएका मानवअधिकार उलङ्घनका घटनाको बारेमा समीक्षा गरिएको हो । जिल्ला प्रशासन कार्यालय खोटाङमा भएको समीक्षा कार्यक्रममा सन २०२४ जनवरीदेखि हालसम्म ३७ वटा मानवअधिकार उलङ्घनका घटना भएको उल्लेख गरिएको छ । यसअन्तरगत बलात्कार प्रयास १, घरेलु हिंसा ७, महिला हिंसा १०, अभद्र व्यवहार १० वटा मानवअधिकार उलङ्घटनका घटना समेटिएको उल्लेख गरिएको छ । यसमा ४ वर्षीया बालिकादेखि ७० वर्षीया महिला पीडित बनेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) खोटाङका प्रतिनिधि तारानाथ फुयालले बताए ।

Source: https://www.namastekhotang.com/news/view