








जागौँ नेपाल मिडिया डटकम । २०८१ पुस २६ गते
गण्डकी प्रदेशको मानव अधिकारको प्रवर्द्धन र संरक्षणका लागि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारहरूको अवस्थाबारे अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। ईन्सेक, गण्डकी प्रदेशका प्रमुख शिव खकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री माननीय पदमा जोशी श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक कुसुम बुढा, नेपाली कांग्रेसका सचेतक प्रकाश बराल, र माननीय नन्दकला नेपाली विशेष अतिथिको रूपमा सहभागी भई प्रदेश सरकारले नीति तथा कार्यक्रममा आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्षमा जाेड दिनुपर्ने बिषयलाई उजागर गरेका थिए । गैरसरकारी संस्था महासंघका कार्यवाहक अध्यक्ष पदमराज पहारी, मानव अधिकार आयोगका प्रमुख, विभिन्न सामाजिक संघ-संस्था, र नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक गिरधारी सुवेदीले “मानव अधिकारका सवालमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको अवस्था तथा गण्डकी प्रदेश सरकारको अनुगमन भूमिका” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमले प्रदेश सरकारको जिम्मेवारी, नागरिक अधिकार, र आर्थिक तथा सांस्कृतिक अधिकारहरूलाई सुनिश्चित गर्न गरिनुपर्ने नीतिगत पहलहरूबारे गहन छलफल गरेको थियो। सहभागीहरूले यी अधिकारहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार र नागरिक समाजबीच समन्वयको आवश्यकता औंल्याएका छन्।
Source: https://jagaunnepalmedia.com/news-details/gnnddkii-prdeshmaa-aarthik-saamaajik-tthaa-saanskr/
Source: https://radiosafalta.com/news-details/4080/2025-01-10