गण्डकी प्रदेश स्तरीय मानव अधिकार सञ्जाल गठन
सफल आवाज डटकम । पोखरा । २०७९ माघ ९ गते
पोखरा, ८ माघ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीद्धारा आइतबार पोखरामा प्रदेश स्तरीय मानव अधिकार सञ्जाल गठन गरिएको छ । कास्कीको मादी गाउँपालिका र माछापुच्छे गाउँपालिका तथा नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका र देवचुली नगरपालिकामा गठित मानव अधिकार समूहको प्रदेश भेलाले अध्यक्षमा माछापुच्छे« गाउँपालिका ७ का डिल्लीराम भण्डारीलाई चयन गरेको छ । उपाध्यक्षमा मध्यविन्दु नगरपालिका १२ का भुपालाल अर्याल, सचिवमा देवचुली नगरपालिका ७ का कृष्ण वि.क., कोषाध्यक्षमा प्रेमकुमारी अधिकारी, सहसचिवमा ऋषिराम सापकोटा चयन भएका छन् । सुनिता परियार, भिमबहादुर वि.क., निशा चौधरी, खेम पुरी, दिलु पुन, रुद्रनाथ अधिकारी, राजकुमार वि.क.र सपना परियार सदस्यमा चयन भएका छन् । त्यस्तैे मानव अधिकार सञ्जालको पहिलो बैठक फागुन ७ गते पोखरामा गर्ने भेलाले निर्णय गरेको छ । कार्यक्रममा मानव अधिकार समूह गठन भएदेखि समूहले हाल सम्म गरेका क्रियाकलापका बिषयमा जिल्लागत प्रस्तुति तथा इन्सेकका फोकल पर्सन सवनम शर्माले सञ्जाल गठनको अवश्यकताका बारेमा प्रस्तुति राखेकी थिइन् ।