गौरीगंगा नगरपालिका स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न
कैलाली खबर । २०८१ असोज ८ गते
सुखड । कैलालीको गौरीगंगा नगरपालिका–९ मसुरीयामा गौरीगंगा नगरपालिका स्तरीय मानव अधिकार समूहको बैठक सम्पन्न भएको छ । डिसीए परियोजनाको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय,धनगढीको आयोजनामा समूहको बैठक मङ्गलवार सम्पन्न भएको हो ।
कार्यक्रममा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रदेश संयोजक खडकराज जोशीले लामो समय देखी समुह सँग भेटघाट नभएको हुँदा बसेर बिचार विमर्श गरौँ र समूहलाई कसरी सक्रिय बनाउन सकिन्छ भनेर बैठक बोलाएको उनले बताए । समूहले संगठित भएर जनताका जायज कुराहरू उठाएर स्थानीय सरकारलाई झकझकाउन उनले आग्रह गरे ।
मानव अधिकार समूहलाई सुस्त नहुन पनि उनको सुझाव थियो । उनले प्रत्येक मानिसको सुरक्षा र अधिकार प्रत्याभूत गर्ने गराउने दायित्वबाट विमुख नहुन आग्रह गरे । गाउँ घरमा हुने उत्पीडन, शोषण, हिंसा र ज्यादती गर्ने र गराउने कुरामा आवाज उठाउनु पर्ने उनले बताए ।
समूहका सदस्य प्रेम राज जोशीले पछिल्लो समय यता समूहले सक्रिय रुपमा काम नगरेको उनले बताए । सक्रिय रुपमा काम नगरे पनि चिया चौतारो,पसलहरूमा भेटघाटको क्रममा विभिन्न घटनाहरूको बारेमा बुझ्ने र जानकारी लिने काम आफूले गरिरहेको उनले बताए ।
समूहका अर्का सदस्य सुमन सिलाधरले जातीय विभेद र घरेलु हिंसाको विषयमा आवाज उठाउने र न्याय दिने काममा आफूले गरिरहेको उनले बताउनु भयो । विभिन्न हिंसा पीडित महिलाहरूको न्यायको लागी आफू लागी परेको उनको भनाई छ ।
समूहका अर्का सदस्य तेज बहादुर चौधरीले लघुवित्त, घरेलु हिंसा,विभिन्न केसमा फसाइएको व्यक्तिको पक्षमा आवाज उठाउने काम गरिरहेको उनले बताए । उनिहरुको न्यायको लागी पहल समेत आफूले उनले बताए । आर्थिक स्रोतले गर्दा उनिहरुको न्यायको लागी पहल गर्न र वकालत गर्न केही समस्या भइरहेको उनले बताए ।
समूहका अर्का सदस्य माया जोगीले अन्यायमा परेका मान्छेहरूको लागी न्याय दिने कुरामा आफूले काम गरिरहेको उनले बताउनु भयो । गाउँ घरमा हुने घरेलु हिंसा वा अन्य विभिन्न घटनामा कोही व्यक्ति अन्याय पर्दा आफूले आवाज उठाउने समेत गरेको उनले बताउनु भयो ।
गौरीगंगा नगरपालिका स्तरीय मानव अधिकार समूहका संयोजक टेकराज ओझाले सक्रिय रुपमा काम नगरे पछि आ आफ्नो तरीकाले काम गरिरहेको उनले बताए । अन्यायको विरुद्धमा आफूहरू लागी परेको उनले बताए ।