जनजागृति र लक्ष्मी माविमा बाल अधिकार चेतना समूहले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गर्‍यो

कैलाली खबर डटकम । २०८२ जेठ २४ गते

कैलाली,जेठ २३ गते । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ गोकुलपुरमा अवस्थित लक्ष्मी माध्यामिक विद्यालय र वडा नम्बर ३  खिरियामा अवस्थित जनजागृति पुष्पलाल स्मृति माध्यामिक विद्यालयमा वृक्षारोपण गरीएको छ । डिसीए परियोजनाको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले विद्यालयमा गठन गरेको बाल अधिकार चेतना समूहले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेको हुन् ।

“प्लास्टिक जन्य प्रदूषण न्यूनीकरण,हाम्रो दायित्व” भन्ने मूल नाराका साथ ती सामुदायिक विद्यालयहरूको प्राङ्गणमा भित्र विभिन्न जातका बोट बिरुवाहरू रोपिएको छ । विश्व वातावरण दिवसको अवसर पारेर पर्यावरणमा स्वच्छता बढाउन र विद्यार्थीहरूलाई वातावरण प्रति सजग बनाउने उद्देश्य साथ विद्यालय परिसरमा विभिन्न प्रजातिका वृक्षारोपण गरिएको बताईएको छ ।

इन्सेकको सहयोगमा गठन गरिएका बाल अधिकार चेतना समूहले आफ्नो विद्यालयमा नियमित सरसफाइ, वृक्षारोपण, जनचेतना मूलक सडक नाटक प्रदर्शन, हाजिरी जबाफ प्रतियोगिता,चित्रकला प्रतियोगिता,निबन्ध लेखन प्रतियोगिता,भित्रे पात्रो पत्रिका प्रकाशन इत्यादि कामहरू गर्दे आएका छन् । 

वृक्षारोपण कार्यक्रममा मानव अधिकार समूहका पदाधिकारीहरू,बाल अधिकार चेतना समूहका विद्यार्थीहरू,सम्बन्धी विद्यालयका प्रधानाध्यापक,संरक्षक शिक्षकहरू, इन्सेकका प्रतिनिधि र विद्यार्थीहरूको सक्रिय उपस्थिति रहेको थियो । 

Source: https://www.kailalikhabar.com/detail/12612