देवचुलीमा मानव अधिकार समूह गठन

कायाकैरन डटकम । २०७९ असोज ५ गते

देवचुली नगरपालिकामा मानव अधिकार समूह गठन गरिएको छ । इन्सेकद्वारा सञ्चालित आगामी तीन वर्षे परियोजनालाई प्रभावकारी रुपमा सम्पन्न गर्नका लागि मानव अधिकार समूहको गठन गरिएको हो । बुधबार देवचुलीको सहारा पार्टी प्यालेसमा भएको भेलाबाट कृष्ण विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ । जसको सदस्यमा शालिकराम पुरी, गनबहादुर राना, शिवप्रसाद पराजुली, मीना अधिकारी, मीना सापकोटा (थापा), राधा बोटे, अजय थनेत, सुभास ओझा, लक्ष्मी भुसाल चयन भएका छन् । थप १ जना अपाङ्गता भएको व्यक्तिबाट मनोनयन गरिने गरि समिति गठन गरिएको हो । कार्यक्रमका देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपालेले समाज परिवर्तनका लागि मानव अधिकारकर्मीहरूको अहम भूमिका भएको बताए । इन्सेकले देवचुलीमा संचालन गर्न लागेको मानव अधिकार शिक्षा कार्यक्रमलाई नगर पालिकाबाट आवश्यक सहयोग रहने नगरप्रमुखले बताए ।

प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले मानव अधिकारका क्षेत्रमा ईन्सेकको महत्वपूर्ण भूमिका खेलिरहेका सन्दर्भमा देवचुलीमा संचालन गर्न लागेको परियोजनाबाट मानव अधिकारकर्मी उत्पादन गर्न र मानव अधिकारका बारेमा समुदायमा सचेतना प्रवाह गर्न सहज हुने बताए । देवचुली वडा नम्बर ९ का वडा अध्यक्ष बलिराम सापकोटाले नव निर्वाचित पदाधिकारीहरूलाई शुभकामना दिँदै मानव अधिकारकर्मीहरूको साथ र सहयोग अपरिहार्य रहेको बताए । समूहका नवनिर्वाचित अध्यक्ष कृष्ण विश्वकर्माले आफ्नो कार्यकालमा स्थानीय तह र सरोकारवालासँग समन्वय र सहकार्य गर्दै मानव अधिकार समूहलाई प्रशंसनीय कार्यहरू सहित अगाडी बढाउने प्रतिबद्धता जनाए । कार्यक्रम देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपाने, देवचुली वडा नम्बर ६ का अध्यक्ष मीनबहादुर सोती, वडा नम्बर ८ का अध्यक्ष नुनप्रसाद बाचे, वडा नम्बर ९ का अध्यक्ष बलिराम सापकोटा, कार्यपालिका सदस्य फूलमाया विश्वकर्मा, प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल, वडा सदस्यहरुलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न भएको थियो ।

Source: https://www.kayakairan.com/archives/56361