द्वन्द्व प्रभावित क्षेत्र, समुदायको सहभागीता सुनिश्चित गर्न माग

न्याय खबर डटकम । २०८१ पुस १ गते

१ पुस, सुर्खेत । द्वन्द्व प्रभावित क्षेत्र, समुदाय र व्यक्तिहरुको सहभागीता सुनिश्चित गर्न सङ्क्रमणकालीन न्याय अनुगमन तथा निगरानी समिति कर्णाली प्रदेशले माग गरेको छ ।

समितिका संयोजक पीताम्बर ढकालद्वारा हस्ताक्षरित विज्ञप्तीमा वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस भइ प्रकृया अगाडी बढ्नु सुखद् पक्ष भएको उल्लेख गर्दै सवै क्षेत्र र विशेष गरी द्वन्द्वप्रभावित क्षेत्रको सहभागीता सुनिश्चित गर्न आह्वान गरेको हो ।

समितिले विज्ञप्तीमा भनेको छ ‘वेपत्ता परिएका व्यक्तिको छानविन र सत्य निरुपणका लागि नेपाल सरकार, आयोग र सम्वन्धित निकायसंग आवश्यक समन्वय र सहकार्य गर्न हामी प्रतिवद्ध छौं ।  यस आयोगको पदाधिकारी चयन तथा सिफारिस प्रकृया अविलम्व अगाडी बढ्ने कुरामा हामी विश्वस्त छौं साथै उक्त आयोग र सिफारिस समितिमा द्वन्द्व प्रभावित क्षेत्र, समुदाय र व्यक्तिहरुको सहभागीता सुनिश्चित गरियोस् भनी अपिल गर्दछौं ।’ समितिमा प्रदेश स्तरमा मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्था तथा व्यक्तिहरुको सहभागीता रहेको छ इन्सेक कर्णाली प्रदेश प्रमुख नारायण सुवेदीले जानकारी दिए।

Source: https://shorturl.at/XHBaB