धनुषामा सडक नाटक प्रदर्शन

मधेशपाटी डटकम । २०७९ चैत २ गते

जनकपुरधाम । स्थानीय समुदायलाई अधिकार र कर्तव्य प्रति सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उदेश्यले धनुषाको नक्टाझिजमा रहेको एक सामुदायिक विधालय मा गठन गरिएको बाल क्लबको समुहले सडक नाटक प्रदर्शन गरेका छन्। मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले धनुषाको मिथिला नगरपालिका -२ नक्टाझिज मा रहेको श्री जनता माध्यमिक विद्यालय नक्टाझिजमा गठन गरिएको बाल अधिकार संचेतना समुह बाट सोहि नगरपालिकाको नक्टाझिज-६ (पोखरी महार) मा बिहिबार सडक नाटक प्रदर्शन गरेका छन्। “बालविवाहले निम्ताएको समस्या ” नामँक नाटक मा समुदायमा बालविवाह कायमै रहेको र यसले गर्दा विविध क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा व्यक्तिमा मात्र समिति नभई समाजमै नकरात्मक प्रभाव परेको कुरा दर्साउन खोजेको थियो। साथै दाइजो प्रथाको कारणले महिला माथि हुने हिसांलाई कसरी न्युनिकरण गर्ने बारे सन्देश दिन खोजिएको थियो। यस्ता क्रियाकलाप प्रति सजक हुन आम जनसमुदायलाई नाटक मार्फत् सन्देश दिन खोजिएको थियो।नाटकको मुख्य सन्देश महिला सशक्तिकरण र बालविवाहले निम्ताएको समस्या बारे रहेको थियो। बाल क्लव का अध्यक्ष राज यादवको नेतृत्वमा र बाल क्लबका सदस्य ललित कुमार महतो द्वारा लिखित नाटक प्रदर्शन कार्यक्रममा जनता माध्यमिक विद्यालय नक्टाझिज का शिक्षक विश्वनाथ महतो, इन्सेक धनुषा जिल्ला सहजकर्ता अनिता यादव ,जनता मावि नक्टाझिजमा रहेको बाल क्लब का प्रतिनिधिहरु सहित विधार्थीहरु को उपस्थिति रहेको थियो ।