निर्वाचन पूर्व मतदाताहरुसंग छलफल : यसो भन्छन् मतदाता

लुम्बिनी दर्पण अनलाइन डटकम । कपिलवस्तु । ०७९ मङ्सिर १ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कार्य समिती सदस्य शोभाखर बुढाथोकीको नेतृत्वमा टोलीले निर्वाचन पूर्व मतदाताहरुसंग कपिलवस्तु जिल्लाको बिभिन्न ठाउँमा अनुगमन गरेको छ । सो अवसरमा इन्सेक केन्द्रिय कार्यालयका प्रतिनिधी कृष्ण गौतम , लुम्बिनी प्रदेश कार्यालयका प्रमुख भोला महत , जिल्ला प्रतिनिधि पार्वती आचार्य , मानव अधिकार समूहका अध्यक्ष पुस्पा रेग्मी र इन्सेक पर्यवेक्षकहरुको टोलीले मतदाता शिक्षाको बारेमा कुराकानी गरेका थिए । अनुगमनको क्रममा कात्तिक २९ गते कपिलवस्तुमा निर्वाचन पुर्व शुद्धोधन गाउँपालिका १ वग्दीका मतदाताहरुसंग मतदाता शिक्षाकोे बिषयमा मतदाता मिना देवी थारुसंग इन्सेक कार्य समिती सदस्य शोभाखर बुढाथोकीले कुराकानी गर्नुभयो । मतदाता मिनादेवी कुर्मीसंग कुराकानी गर्दै मतदाता शिक्षाको बारेमा सोध्दा मतदाता कुर्मीले मतदाता शिक्षाको बारेमा आफूलाई केही जानकारी नभएको खाली नेताहरु माइक बजाएर प्रचारप्रसार गरेको बताउनु भयो ।

यस्तै अर्का मतदाता गोल्की यादवसंग प्रत्यक्ष कुराकानी गर्दै इन्सेक केन्द्रीय कार्यालयका कृष्ण गौतमले सोध्नु भयो ? तपाईहरुसंग भोटमाग्न आउने नेताहरुबाट कस्तो अपेक्षा राख्नु भएको छ त ? भनि सोध्दा मतदाता भन्नु हुन्छ , चुनावका बेला नदेखेका अनुहारहरु देखिन्छन् कहिले कांहि. देखेका अनुहार पनि देखिन्छ समाज परिवर्तन होईन आफूहरुमा मात्र परिवर्तन ल्याउने मात्र काम गर्छन् उहाँले भन्नु भयो । लुम्बिनी प्रदेश प्रमुख भोला महतले एक युवा मतदातासंग मतदाता शिक्षाकै बिषयलाई लिएर कुराकानी गर्दै सोध्नुभयो यसक्षेत्रका नेताहरुबाट कस्तो अपेक्षा राख्नु भएको छ भनि सोध्दा युवा इरशाद अहमद भन्नुहुन्छ जुनै जोगी आएपनि त्यस्तै हो नेताले युवाकोलागि के नै गरेका छन् र ? आखिर हामीहरुलाई बैदेशिक रोजगारका लागि नगै सुख छैन भन्नु भयो । उहाँ भन्नु हुन्छ अहिले त बिभिन्न प्रचारका प्रचा पम्प्लेट डिवालभरी टाँसेर फोहोरबनाउने बाहेक केही छैन डिजेको साउण्डले थर्काउँदै प्रचारप्रसार गर्छन् ।

अनुगमन टोलीले कपिलवस्तु नगपालिका , मायाँदेवी गाउँपालिका र शुद्धोधन गाउँपालिका १ वग्दीका मतदाता र नागरिक अगुवाहरूसँग समेत छलफल गरेको छ । छलफलका क्रममा शुद्धोधन गाउँपालिकाका अगुवा मोहम्मद शरीफ भन्नु हुन्छ मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधीसभाको निर्वाचन छ निर्वाचनले मतदाता शिक्षाको अभियान संचालनका लागि स्वयंसेवक खटाए पनि आम नागरिको घरघरमा सो शिक्षा नपुगेको बताउनु भयो । मतदाता शिक्षालाई प्रभावकारी बनाउन सके मतपत्र बदर नहुने समेत उहाँले बताउनु भयो । सो अवसरमा कपिलवस्तु नगरपालिका मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मीले नितीमा एक र कार्यान्वयनको पाटो फरक हुँदा धेरै मतदातहरु आफ्नो गोप्य मतदान गर्दा अलमलिने बताउनु भयो । महिला स्वास्थ्य स्वयंसेवीकाहरुलाई मतदाता शिक्षाको जिम्मेवारी दिनुपर्नेमा आफूले ईच्छाईएका व्यक्तीलाई सो जिम्मेवारी दिंदा सबैको घरघरमा मतदाता शिक्षा पुग्न नसक्नु दुखको कुरा भएको बताउनु भयो । इन्सेक जिल्ला प्रतिनिधी पार्वती आचार्य , पर्यवेक्षक अमिरुद्धीन मुसलमान लगाएतले स्थानिय मतदाताहरुसंग कुराकानी गर्नुभएको थियो ।

Source: https://lumbinidarpanonline.com/2022/30932/