![DSC_0136-2 DSC_0136-2](https://www.insec.org.np/wp-content/gallery/situation-public-program-of-16-days-of-activism-against-gender-based-violence-campaign_20810827_alfa-house/thumbs/thumbs_DSC_0136-2.jpg)
![DSC_0084-2 DSC_0084-2](https://www.insec.org.np/wp-content/gallery/situation-public-program-of-16-days-of-activism-against-gender-based-violence-campaign_20810827_alfa-house/thumbs/thumbs_DSC_0084-2.jpg)
![DSC_0072-2 DSC_0072-2](https://www.insec.org.np/wp-content/gallery/situation-public-program-of-16-days-of-activism-against-gender-based-violence-campaign_20810827_alfa-house/thumbs/thumbs_DSC_0072-2.jpg)
![DSC_0813 DSC_0813](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0813.jpg)
![DSC_0808 DSC_0808](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0808.jpg)
![DSC_0783 DSC_0783](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0783.jpg)
![DSC_0774 DSC_0774](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0774.jpg)
![DSC_0762 DSC_0762](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0762.jpg)
![DSC_0759 DSC_0759](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0759.jpg)
नेपालगन्ज: नेपालगन्ज चिरपरिचित शहर हो । प्राचीन शहर, गर्मीको शहर तथा विभिन्न सम्प्रदाय बसोबासको शहर जस्ता उपनामले धेरैको मन–मस्तिष्कमा नेपालगन्ज कतै नै कतै आईहाल्छ ।
नेपालगन्ज सांस्कृतिक, राजनीतिक तथा आर्थिक रूपमा नेपालगन्जको पहिचान छुट्टै छ । सद्भावको शहर पनि हो नेपालगन्ज । तर, पछिल्ला दिन विश्वभर फैलिदै गएको कोरोना भाइरसको संक्रमणका कारण नेपालगन्ज सहरले आफनो अर्को परिचय पनि थपेको । यतिबेला नेपालगन्जलाई ‘भेडा’को शहरका रुपमा पनि आम नागरिकले परिभाषित गर्न थालेका छन् ।
प्रस्तावित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण शहरको रूपमा रहँदै आएको नेपालगन्जको नाम देशको नामसँग मिल्दोजुल्दो छ, तर, यसको ईतिहास भने सिंगो देशको भन्दा फरक छ । विगतको ईतिहास खोतल्दा राणा प्रधानमन्त्री जंगबहादुरले तत्कालीन ‘इस्ट इण्डिया कम्पनी’का शासकलाई रिझाएबापत पाएको भूमी हो, नेपालगन्ज । तर, अहिले कोरोनाको संक्रमणले यसलाई ‘भेडा’को शहरका रुपमा परिचित बनाउँदैछ । किनकी सरकारले कोरोनाको संक्रमणसँगै नेपालगन्ज सहित देशभर लकडाउन घोषणा गरेको छ ।
बाँके प्रशासनले जनता कफ्र्यू पनि । तर, यहाँका नागरिकले हरेकदिन सरकारको लकडाउन र प्रशासनको जनता कफ्र्यू तोड्दै आइरहेका छन् । सरकारले आमनागरिकलाई घरभित्रै बस्ने भनेको छ । तर, नेपालगन्जका स्थानीयले सरकारको उक्त कुरा अटेरी गरिरहेका छन् । यसले पनि आम नेपालबासीले नेपालगन्जका जनता भेडा जस्तै अटेरी भएको संज्ञा दिदैं आएका छन् ।
साममजिक सञ्जाल फेसबुक, ट्वीटरमा समेत नेपालगन्जियाले सरकारको निर्देशन तोडेरे भेडाको जस्तै पारा देखाएको भन्दै चर्चा परिचर्चा हुँदै आएको छ । बिशेषगरी, नेपालगन्जको त्रिभुवनचोक, सदरलाइन, फुल्टेक्रा रानीतलाउ लगायतका क्षेत्रमा बसोबास गर्ने नेपालगन्जियाले सरकारको लकडाउन तोडेका छन् ।
सुर्खेतरोड लगायतका अन्य क्षेत्रमा लकडाउनको पालना केही हदसम्म भएको देखिएको छ । तर, पनि तरकारी लगायतका उभोग्य बस्तु खरिदका निहुँमा आमनागरिक रानीतलाऊ तथा त्रिभुवनचोक आसपासमा भीडभाड हुनेक्रम रोकिएको छैन् । यसले गर्दा पनि देशमा ‘नेपालगन्जियाको असली रुप’ प्रर्दशन भइरहेको छ ।
नेपाल पनि कोरोनको जोखिममा देखिएपनि सरकारले दशेभर एकैसाथ लकडाउन गरेको छ । यस्तो अवस्थामा आफनो सुरक्षाका लागि पनि आमनागरिक घरभित्रै बस्नुपर्नेमा नेपालगन्जबासीले सरकारी निर्देशनको उल्लघंन गरेको भक्तपुरका रामगोपाल तमखु बताउँछन् । उनी भन्छन् ‘नेपालगन्जियाको यस्तो पाराले त यहाँका नागरिक र भेडामा केही फरक देखिएन् ।’
भारतको उत्तरप्रदेशको बहराइच जिल्लाको रुपैडिहासँग जोडिएको छ । भारतमा यसको जोखिम छ । त्यसैले पनि नेपालगन्जबासी आफै सचेत हुनुपर्नेमा सरकारकै निर्णय अटेरी गर्नु राम्रो नभएका उनी बताउँछन् ।
सरकारले आमनागरिकमा कोरोना संक्रमण नहोस् भनेर लकडाउन घोषणा गरेको हो । यो सरकारको सकारात्मक काम हो । यसलाई आमनागकिरले उत्तिकै सहयोग गर्नु समाजसेवी गीता आचार्य बताउँछिन् । उनकाअनुसार आमनेपाली आफैमा सचेत हुनुपर्छ । सरकारले नागरिककै सुरक्षााका लागि भनेको हो । त्यसैले सबैभन्दा पहिला नागरिक नै आफूमा सचेत भइ सुरक्षित बन्न सके कोरोना भाइरसको संक्रमण सजिलै बच्न र बचाउन सकिने उनको भनाई छ । उनले कोरोनाको संक्रमणबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन केही दिन घर बाहिर ननिस्कन नेपालगन्जबासीलाई आग्रह गरेकी छन् ।
लकडाउनको बेलामा भनेको नमानेर काम नभए पनि रमिता हेर्न जाने लहर नेपालगन्जमा बढिरहेको उनी बताउँछिन । यो लकडाउन कसैको लागि गरिदिएको हैन उनले भिनन् ‘कसैलाई दुःख दिनको लागि गरेको पनि हैन हामी सबै सुरक्षित र स्वस्थ रहनको लागि गरिएको हो ।’ उनले थपिन ‘दुई चार दिन मिठो नखाएर मान्छे मर्दैन तर कोरोना भाईरस लाग्यो भने समस्या हुने देखिन्छ । त्यसैले अटेरी नगरौ घरमै बसौ सरकारलाई सहयोग गरौं ।’
इन्सेकका प्रदेश संयोजक भोला महत सरकारको निर्देशनलाई सबैले पालना गर्नुपर्ने बताउँछन् । यो गम्भिर क्षण भएकाले सबै अनुशासित भै अति आवश्यकीय काम बाहेक घरबाट बाहिर ननिस्कीएर सरकारको लकडाउनलाई सहयोग गर्न उनले आम नेपालगन्जबासलिाई आग्रह गरेका छन् ।
नेपालगन्जका जनता अबिबेकि पनि हैनन नेकपा बाँके जिल्ला कमिटी सदस्य प्रमोद धितालले भने ‘अटेरी र अराजक चाहिँ पक्कै हुन् ।’ उनकाअनुसार आमनागरिकले सरकारको निर्णय र अलकडाउनको पालना गर्नुपर्ने आवश्यकता देखिएको छ ।
बाँकेको खजुराका युवा नेता सतिश निरौला नेपालगजबासीले हरेक दिन पाँच बजेपछि सरकारको लकडाउन तोड्नुले नेपालगन्ज एकदमै खतरा जोनमा रहेको बताएका छन् । यसरी सरकारको निर्देशन विपरित आमनागरिकले घर छोडेर बाहिर आउने गर्दा कोरोनाको जोखिम नेपालगन्जमा बढ्ने देखिएको उनको भनाई छ । उनले आम नागरिकलाई घरभित्रै बस्न अनुरोध पनि गरेका छन् ।
कोरोना भाइरस संक्रमणको संख्या बढेसगैं बाँकेमा कोरोना आशंकितको संख्या बढेकोछ । बाँकेका विभिन्न पालिकामा रहेको अस्थायी क्वारेन्टाईनमा ५० जना राखिएको पाइएको छ । नेपालगन्जको धम्बोझी स्थित सामर्थ इन होटलमा रहेको अस्थायी क्वारेन्टाईनमा १४ जना, बाँकेको जानकी गाँउपालिकाको राधापुरमा रहेको क्वारेन्टाईनमा २१ जना, जानकी गाँउपालिकाको क्वारेन्टाईनमा १५ जना गरि ५० जना रहेका छन् ।
बाँकेलाई कोरोनाको जोखिमबाट बचाउँनका लागि सबैभन्दा पहिला नागरिकले राज्यको नीती नियम पालना गरी सरकारले तोकेको समयसम्म घरभित्र बस्नुपर्ने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का बताउँछन् । कोराना भाइरसरको संक्रमण रोकथामका लागि बाँके प्रशासन र प्रहरीले योजनाबद्ध रुपमा अभियान अघि बढाएको उनले बताएका छन् ।
सरकारले गरेको लकडाउन घोषणा र बाँके प्रशासनले गरेको जनता कफ्र्युको कार्यान्वयन पक्षलाई खदिँलो बनाउदै लैजाने बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओली बताउँछन् ।
सुरुवाती दिनमा नागरिक आफै सचेत होलान भनेर प्रशासनले कडाई नगरेको बताउँदै उनले नागरिक सचेत र जिम्मेवार नभएका कारण बिहीबारदेखि प्रशासनले कडाईका साथ आफ्नो निर्णय र घोषणालाई कार्यान्वयन गर्दै आएको बताए ।
नागरिकको भिड हुने भनिएका त्रिभुवन चोक, रानी तलाउ, सदरलाईन, फुल्टेक्रा रोड, अस्पताल रोड, धम्बोझी, पुष्पलाचोक, बसपार्क रोड लगायतका क्षेत्रमा प्रहरीको सक्रियता बढेसगैं नागरिकबाट लकडाउन घोषणा उल्लंघनमा केही कमी आएको र आगामी दिनमा पनि प्रहरीले कोरोना भाइरसबाट बाँकेबासीलाई जोगाउन अझै सक्रियता बढाउने प्रहरी निरीक्षक हरी बस्नेत बताँउछन् ।
कोरोना संक्रमणबाट आफू पनि बच्न र अरूलाई पनि बचाउँन सरकारको लकडाउन नीति पूर्ण रूपमा कार्यान्वयन गरि केही दिन घरभित्रै बस्न सके नेपालगन्जबासी यसको संक्रमणबाट सहजै बच्न सक्नेमा दुईमत छैन् । यसैले आम नागरिकलाई आग्रह छ । ‘घर भित्रै बसौं, आफू बचौं अरूलाई नि बचाउँ, सरकारको अभियानलाई सहयोग गरौं ।’