नेपाल मानव अधिकार बर्ष पुस्तक २०२५ माथि अर्धबार्षिक समिक्षा

रेडियो ओखलढुंगा डटकम । २०८१ असार १८ गते

ओखलढुंगा (रेडियो ओखलढुंगा )इन्सेकको नेपाल मानव अधिकार बर्ष पुस्तक २०२५ माथि अर्धबार्षिक पूर्व समिक्षा सम्पन्न भएको छ । ओखलढुंगामा विगत ६ महिनाको अवधिमा भएको मानव अधिकारका घटनाबारे जानकारी गराएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन २०२४ को जनवरी १ अर्थात २०८० पौष १६ गतेदेखि २०८१ असार १६ गतेसम्म अभिलेखिकरण गरेका घटनाको प्रतिवेदन जिल्ला प्रतिनिधी सरस्वती बानियाले प्रस्तुत गर्नुभयो । सोमबार सिद्धिचरण नगरपािलकाको सभाहलमा भएको समिक्षा कार्यक्रममा प्रस्तुत घटना तथा पीडितको विवरण अनुसार जिल्लाभरमा घरेलु हिंसा १०, बलात्कार १० हत्याका २ र जातीय विभेतका एउटा घटना घटेको तथ्याङकमा उल्लेख छ । जसमा सबै भन्दा बढी महिला १८ र बालिका ४ जना र पुरुष १ जना रहेका छन् । स्थानिय तहगतको आधारमा भने सबैभन्दा बढी पिडित सिद्धिचरण नगरपालिकामा ८ जना, मानेभञ्ज्याङमा गाउँपालिकामा ५ जना, मोलुङ गाउँपालिका र सुनकोशी गाउँपालिकामा ३÷३ जना रहेका छन् । त्यस्तै चिसंखुगढी गाउँपालिकामा २ जना, खिजिदेम्बा गाउँपालिका र चम्पादेवी गाउँपालिकामा १÷१ जना रहेका छन् । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रमुख डां नारायण ढकालको अध्यक्षतामा भएको कार्यक्रममा मानव अधिकारसँग सम्बधित घटना विवरण र जिल्लाको अवस्थाबारे सरोकारवालाहरुसंग छलफल भएको थियो । इन्सेकले सङ्कलन गर्ने मानव अधिकार उल्लङ्घनको घटनामा आर्थिक, शिक्षा ,सामाजिक तथा साँस्कृतिक अधिकारसँग जोडिएर तथ्याङ्क बाहिर ल्याउन सरोकारवालाहरुले सुझाव दिएका छन । समीक्षामा आएका सुझावलाई मध्यनजर गदै राज्यका संयन्त्र अर्थात प्रहरी प्रशानसन , स्थानिय निकायसम्म आएका मात्र नभई बाहिर आउन नसकेको घटनालाई समेत समेटने इन्सेक जिल्ला प्रतिनिधि बानियाले बताउनुभयो । इन्सेकको उदेश्य सचेतना, कानुनी उपचार र न्याय दिलाउनु रहेकाले अग्रसर रहने इन्सेक प्रतिनिधि बानियाले प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा जनप्रतीनिधि, प्रहरी प्रशासन, अधिकारकर्मी लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।

Source: https://rb.gy/lkyjc5

Source: https://shorturl.at/eVojv

Source: https://visionsamachar.com/2024/07/2980/