नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम धनगढीमा सम्पन्न

कैलाली खबर डटकम । २०८१ असार १४ गते

१३ असार,धनगढी । कैलालीको धनगढीमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)सुदूरपश्चिम प्रदेश कार्यालय,धनगढीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशनको निरन्तरता दिँदै नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व वार्षिक र अर्धवार्षिक समीक्षा गरी सरोकारवालाहरूको सल्लाह सुझाव र समन्वयमा काम गरिरहेको बताउनु भयो । 

उहाँले भने,‘मानव अधिकार उलङ्घनका घटना हरेक वर्ष बढी रहेको छ । जसमा महिला हिंसाका घटना सबभन्दा बढी छ । महँगो, झन्झटिलो र लामो कानुनी प्रक्रियाका कारण महिलाहरूले न्याय पाउन सकेका छैनन् । पछिल्लो समय सामाजिक तथा राजनीतिक अधिकारमा केही सुधार भए पनि आर्थिक। सामाजिक तथा सांस्कृतिक अधिकारमा राज्य जवाफ देही बन्न सकेको छैन ।’

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कबन्द्र सिंह बोहराले नेपाल प्रहरी मानव अधिकार संरक्षणका लागि हरेक पल लागिरहेको र मानव अधिकारको क्षेत्रमा काम गर्ने सबै संघसंस्थाहरुले घटनाको सत्य तथ्यलाई सम्प्रेषण गर्नु पर्ने बताएका थिए ।

कारागारका प्रमुख दिपक पाण्डेयले कारागार भित्र रहेका कैदीवन्दीहरुको मानव अधिकारका आधारभूत आवश्यकता बाट वञ्चित भइरहेको उनले बताए । 

दलित महिला अधिकार मञ्च की संयोजक विमला कडायतले विभिन्न हिंसामा परेका महिलाहरूलाई निःशुल्क कानुनी परामर्शको आवश्यकता भए पनि निःशुल्क नहुँदा न्याय पाउनबाट वञ्चित हुने गरेको बताइन ।

ओरेक नेपाली की अभियन्ता विष्णु रेग्मीले समुदायका महिलाहरूले न्यायको पहुँच हुन नसकेर हिंसा सहेर बस्नु पर्ने बाध्यता रहेको उनले बताइन ।

Source: https://www.kailalikhabar.com/news/11417

Source: https://dineshkhabar.com/article/111396

Source: https://ekhabarraftar.com/2024/06/21751/

Source: https://pahura.com/2024/06/36425/