नेपाल मानव अधिकार वर्ष पुस्तकको पूर्व वार्षिक समिक्षा सम्पन्न, एक वर्षमा ८७ ओटा बलात्कारका घटना
जज न्यूज डटकम । सुनसरी । २०७९ मङ्सिर २३ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुनसरीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २३ गते सम्पन्न भएको छ । मानव अधिकारसँग जोडिएका विषयमा इन्सेक सुनसरी प्रतिनिधिले सन् २०२२ को जनवरीदेखि नोभेम्वर ८ सम्म जिल्लामा अभिलेखीकरण गरिएका घटनामाथि सरोकारावालाबिच समीक्षा गरिएको हो ।
जिल्लामा २०७८ पुस १७ गतेदेखि मङ्सिर २२ गते सम्मको ११ महिनाको अवधिमा जिल्लामा हत्याका १२ ओटा, बलात्कारका ८७ ओटा, बलात्कार प्रयासका ३१ ओटा, बहुविवाहका २४ ओटा, मानवबेचविखन तथा ओसारपसारका पाँच ओटा, बाल यौन दुव्र्यवहारका २० ओटा र बाल बिज्याईका १० ओटा घटना अभिलेखीकरण गरिएको इन्सेक सुनसरीले जनाएको छ । जिल्ला प्रतिनिधि जयकृष्ण यादवले प्रस्तुत गर्नुभएको बार्षिक प्रतिवेदनमा नेपालमा १० वर्षे शसस्त्र द्धन्द्ध, जनआन्दोलन र त्यसयता विभिन्न आन्दोलतनबाट प्राप्त उपलब्धीहरुको नागरिकलाई जसरी अनुभुती दिलाउनुपर्ने थियो त्यसरी दिन सकेको छैन् भनिएको छ । राजनितिक अस्थिरता कायम रहेकाले नागरिकले वीधिको शासन, सुशासन र पूर्ण लोकतन्त्रको समेत महसुस गर्न नपाएको स्थिती औल्याउनुभएको छ । शासन प्रणाली परिवर्तन भई केही विकासको क्रम बढेको भएपनि नैतिकता, इमान्दारिता, सुशासन र जवाफदेहिताको अभावले मानव अधिकारको अवस्था नाजुक रहेको उल्लेख गर्नुभएको छ । विगतको भन्दा घटनाको प्रकृति र स्वरुप फेरिएपनि घटना कम नभएको देखिएको विवरण प्रस्तुत गर्नुभयो । मानव अधिकार हनन तथा उल्लघंनका घटनाहरु संकलन गर्दा सुनसरीमा सन् २०२२ को जनवरीदेखी डिसेम्बर ८ सम्मको तथ्यांक प्रस्तुत गरिएको जनाएको छ । यादवले सरोकारबालाहरुको साकारात्मक र आलोचनात्मक दुवै सुझाव इन्सेक नेपाल मानवअधिकार वर्षपुस्तक–२०२३ का लागि महत्वपूर्ण हुने बताउनुभयो । शिक्षा, स्वास्थ्य, खाध्य, अवास र सूचनाको हकको पनि उपभोग सहज गर्न नपाएको अवस्थाका बारेमा चर्चा गरिएको छ ।
समीक्षा कार्यक्रममा नेपाली काग्रेंस सुनसरी सचिव वीरेन्द्र कुमार साहले नागरिकको मानव अधिकारको पूर्ण अनुभुतीका लागि राजनीतिक रुपमा पनि सचेतना र सहकार्य आवश्यक रहेको बताउनुभयो । साहले लागु औषधका घटना र त्यसमा बालबालिकाहरुको प्रढ्दो सकृयाले समयमा न्यूनिकरण गर्नतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले आफू पार्टीका नेता कार्यकर्ता समेतलाई नागरिक सचेतनाका कार्यमा परिचालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
जेष्ठ नागरिक सरोकारका इनरूवा संयोजक नविनचन्द साहले गाउँमा अझै पनि छोरीलाई शिक्षा राम्रोसँग दिन नसकेको घटनालाई नेपाल मानव अधिकार वर्ष पुस्तकले ध्यान दिनुपर्ने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दल कुमार राईले नेपाल प्रहरी अपराध न्यूनीकरण गर्न र दोषीलाई कारबाही तथा पीडितलाई न्याय दिलाउनका लागि प्रतिवद्ध भएर काम गर्दै आएको बताउनुभयो । उहाँले नेपाल मानव अधिकार वर्ष पुस्तक दस्तावेज भएका कारण कतिपय अवस्थामा पीडितले वर्ष पुस्तकमा अभिलेखीकरण गरिएका घटनाबाट पनि पीडितले न्याय पाएको बताउनुभयो ।
नागरिक समाजका जिल्ला अध्यक्ष पुरूषोत्म घिमिरेले नेपाल मानव अधिकार वर्ष पुस्तकले देशको मानव अधिकार अवस्था चित्रण गर्ने र त्यसमा सुनसरीको पनि रिर्पोट राम्रो जानुपर्ने बताउनुभयो । उहाँले नागरिक समाजको सकृया अझै जरुरी रहेको सुझाव दिनुभयो ।
पत्रकार सुरेन्द्र मेहताले नेपाल मानव अधिकार वर्ष पुस्तकमा बढी अपराधको घटनाहरू आउने गरेकाले अन्य सवाललाई प्राथमिकतामा राख्न आवश्यक रहेको बताउनुभयो ।
मानव अधिकार समूह कोशीका अध्यक्ष राजकुमार शर्माले शिक्षामा सबैको पहुँच आवश्यक भएको र त्यसमा गुणस्तरीय शिक्षाको खाचो रहेको शिक्षाका सवाललाई वर्ष पुस्तकले महत्व दिनुपर्ने बताउनुभयो ।
त्यसैगरी नेकपा माओवादी केन्द्रका सुनसरी संयोजक योगेन्द्र मण्डल (पप्पु)ले मानव अधिकारको संरक्षण, सवर्धन राज्यको दायित्व रहेको बताउनुभयो । उहाँले कानुनलाई राम्ररी पालना गरेर र सुशासन कायम गरेर मानव अधिकार हननका घटनामा कमी ल्याउनुपर्नेमा जोड दिनुभयो ।
महिला अधिकारकर्मी विनिता दाहालले मानव अधिकार घटना हुन नदिन नेपाल प्रहरी, नागरिक समाज र राजनीतिक दलहरुले सदैब प्रयास र प्रयत्न जारी राख्नुपर्ने जरुरी रहेको बताउनुभयो ।
पत्रकार डुमरलाल महेताले स्थानीय तहका न्यायिक समितीका घटनालाई पनि मानव अधिकार वर्ष पुस्तकमा समावेश गर्नुपर्ने सुझाव दिनुभयो । अधिवत्ता सुकदेव चौधरीले धेरै जसो मानव अधिकार हननका घटनाहरु गरिब, पिपन्न र दलित समुदायको हुने गरेको हुँदा त्यस समुदायमा मानव अधिकारसम्बन्धी सचेतना कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।
मानव अधिकार सञ्जालका संयोजक रमेश भट्टराईको अध्यक्षतामा सम्पन्न भएको समिक्षा कार्यक्रममा प्रमुख अथिति सहायक प्रमुख जिल्ला अधिकारी ओम भट्टराईले राजनीतिक समयन्त्रलाई सकृय गरेर अपराध र अधिकार हननका घटना न्यूनिकरण गर्न सक्ने बताउनुभयो । उहाँले सामाजिक बेमेलता, चेतनाको अभाव र बेरोजगारीका कारणले पनि घटनाहरु हुने गरेकाले समाजमा सचेतनाका कार्यक्रम गरेर अपराधका घटना न्यूनिकरण गर्न सक्ने बताउनुभयो ।वार्षिक समीक्षा कार्यक्रममा अधिकारकर्मीहरु दिपक मण्डल, गणेश यादव, रविन्द्र पौद्धार, कृष्ण पौदार, कान्दा भट्टराई, सचिव श्रेष्ठ, ओमकार न्यौपाने, नुनुलाल साह, कोपीला श्रेष्ठ, राजेश यादव, सचेन्द्र यादव, मो. अन्सारुल हुसैन, आशादेवी पौद्धार, रविन्द्र कुमार यादव सहित विभिन्न सरोकारवालाहरूको उपस्थिती रहेको थियो ।
Source: https://jajnews.com/3721/