पत्रकार महासंघ हुम्ला शाखा सचिव एवम इन्सेक प्रतिनिधि सिंह नगद सहित सम्मानित

कर्णाली सरोवर डटकम । २०७९ चैत १ गते

हुम्ला –  नेपाल पत्रकार महासंघ हुम्ला शाखाका सचिव एवम इन्सेक हुम्लाका प्रतिनिधि नन्द सिंहलाई  अनाैपचारिक क्षेत्र सेवाकेन्द्र  (इन्सेक) ले  उत्कृष्ट प्रतिनिधिका रूपमा पुरस्कारकृत गरेकाे छ । कर्णाली प्रदेशको राजधानि  वीरेन्द्रनगर सुर्खेतमा आयाेजित एक कार्यक्रमकाे बिचमा अनाैपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका    अध्यक्ष कुन्दन अर्याल र कर्णाली प्रदेशका मुख्य गाेपिकृष्ण खनालबाट सिहलाइ संयुक्त रूपमा सम्मान गरिएको हो । मानव अधिकार क्षेत्रमा उत्कृष्ट काम गरेकाे भन्दै सिहंलाई कर्णाली प्रदेशकै १० जिल्लाबाट उत्कृष्ट प्रतिनिधिका रूपमा पुरस्कारकृत गरेको हो ।  अनाैपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेशले सिहलाइ सात हजार नगद सहित सम्मान पत्र प्रदान गरि सम्मान गरेको  छ ।

Source: https://www.karnalisarowar.com/p/3242.html?fbclid=IwAR1YTkGGsihYTMEkV-IV3BwvN6Pzg-xmvGIPGLNQSXfY7k6uzbI1K7Mm-5s