पाँचथरमा ६ महिनामा ११ वटा मानवअधिकारसँग सम्बन्धित घटना दर्ता

अनलाइन रेडियो नेपाल डटकम । २०८० असार ९ गते

पाँचथर । पाँचथरमा ६ महिनामा ११ वटा मानवअधिकारसँग सम्बन्धित घटनाको अभिलेख भएका छन् । अभिलेखमा भएअनुसार बलात्कार र बाल यौन दुर्व्यवहार घटना बढी देखिन्छ । जिल्लामा हत्या १, आत्महत्या दुरुत्साहन १,  बहुविवाह ३ , बाल यौन दुर्व्यवहार १, कुटपिट १ र बलात्कारका घटना ४ गरी ११ वटा घटनाको अभिलेख राखिएको छ । 

इन्सेक पाँचथरको आयोजनामा भएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रममा घटनाको अभिलेख सम्बन्धी जानकारी गराइएको हो ।  जिल्लामा सबैभन्दा बढी बाल अधिकार अन्तरगत बलात्कार, यौन दुर्व्यवहार सम्बन्धी घटना भएको इन्सेक प्रतिनिधि सहमान विश्वकर्माले जानकारी दिनुभयो ।  कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङ्देम्बेले घटना न्यूनीकरण गर्न स्थानीय सरकार, राजनीतिक दल, प्रहरी प्रशासन सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बताउनुभएको छ ।

Source: https://onlineradionepal.gov.np/2023/06/24/403838.html?fbclid=IwAR3ehX6CSr588r_19D7rSTKesvoud3hL97kb6n3-rHsQwy9mxLJoAFBqbm0