पाचौं मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया

मानव अधिकार पत्र । २०८१ जेठ ७ गते

राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालय, पोखरा र अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक), गण्डकी प्रदेश कार्यालय, पोखराको समन्वय एवं मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजनामा मानव अधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम मिति २०८०÷११÷२३ गते नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लामा सम्पन्न भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गण्डकी प्रदेशका कानून सचिव शम्भुराज रेग्मीको अध्यक्षता र जिल्ला समन्वय समिति, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाका समन्वय प्रमुख बाबुराम विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्ला समन्वय समितिका पदाधिकारीहरु, जिल्ला अन्तर्गतका स्थानीय तहका प्रमुख एवं प्रतिनिधि र कर्मचारीहरु, सहायक प्रमुख जिल्ला अधिकारी, मानव अधिकारको क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कार्ययोजनाले समेटेका विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गण्डकी प्रदेशका कानून सचिव शम्भुराज रेग्मी र कार्ययोजना कार्यान्वयन अवस्थाको बारेमा आयोगको गण्डकी प्रदेश कार्यालय, पोखराका मानव अधिकार अधिकृत मोहन काफ्लेले सहजीकरण गरेका थिए ।

Source: https://www.nhrcnepal.org/uploads/news_letter/manab_adhikar_partra_fagun_and_chait_2080.pdf