![DSC_0136-2 DSC_0136-2](https://www.insec.org.np/wp-content/gallery/situation-public-program-of-16-days-of-activism-against-gender-based-violence-campaign_20810827_alfa-house/thumbs/thumbs_DSC_0136-2.jpg)
![DSC_0084-2 DSC_0084-2](https://www.insec.org.np/wp-content/gallery/situation-public-program-of-16-days-of-activism-against-gender-based-violence-campaign_20810827_alfa-house/thumbs/thumbs_DSC_0084-2.jpg)
![DSC_0072-2 DSC_0072-2](https://www.insec.org.np/wp-content/gallery/situation-public-program-of-16-days-of-activism-against-gender-based-violence-campaign_20810827_alfa-house/thumbs/thumbs_DSC_0072-2.jpg)
![DSC_0813 DSC_0813](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0813.jpg)
![DSC_0808 DSC_0808](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0808.jpg)
![DSC_0783 DSC_0783](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0783.jpg)
![DSC_0774 DSC_0774](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0774.jpg)
![DSC_0762 DSC_0762](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0762.jpg)
![DSC_0759 DSC_0759](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0759.jpg)
नेपालमा सबै भन्दा बढी प्रदेश ५ मा महिला हिंसाका घटना घट्ने गरेको एक तथ्याङ्कले देखाएको छ । १ सय १० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा इन्सेकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार ५ नं. प्रदेशका महिलाहरुमाथी सबैभन्दा बढि हिंसा हुने गरेको छ ।
सन् २०१९ मा प्रदेश ५ मा ९ सय ८६ जना महिला पीडित भएका थिए । प्रदेश ५ मा बलात्कार तथा यौन दुर्व्यवहारबाट २ सय २० बालिका र १ सय २९ महिला पीडित भएका थिए । त्यसैगरी सन् २०१८ मा पनि सबै भन्दा बढी प्रदेश ५ मा ७ सय ३६ जना महिला हिंसा घटनामा पीडित भएको तथ्यांक इन्सेकले सार्वजनिक गरेको थियो ।
सन् २०१९ मा पेशागत आधारमा हेर्ने हो भने नेपालमा सबै भन्दा बढी पीडित हुनेमा १३ सय ३८ जना कृषक महिला र १९ सय ८४ जना गृहणी महिला रहेका छन् । आर्थिक उपार्जनको कुनै बाटो नभएका महिला बाध्य भएर आफुमाथि कुटपिट र हिंसा गर्ने परिवारजनका सदस्यसँग मिलापत्र गर्न बाध्य हुनु परेको छ ईन्सेकले जनाएको छ ।
मानव अधिकार अनुगमन र मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको अनुगमन गर्दै आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सन् २०१९ मा महिला तथा बालिकाविरूद्ध भएका हिंसात्मक घटनाहरूमा वृद्धि भएको जनाएको छ । प्रदेश ५ का सबै जिल्लाबाट प्राप्त घटनाहरूलाई अभिलेखिकरण गरी तथ्याङ्क सार्वजनिक गरीएको इन्सेक ५ नं. प्रदेशका संयोजक भोला महतले जानकारी दिए ।