प्रहरी कार्यालयमा प्रहरीलाई नै यातनाः इन्सेक

शिरीष न्यूज डटकम । २०८० साउन २ गते

सिरहा- जिल्ला प्रहरी कार्यालय, सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई प्रहरीले नै यातना दिएको इन्सेकले जनाएको छ । इन्सेकले साउन २ गते सार्वजनिक गरेको स्थलगत अध्ययन प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ ।

‘महोत्तरी जिल्ला जलेश्वर नगरपालिका–९ घर भई जिल्ला प्रहरी कार्यालय, सिरहामा कार्यरत प्रहरी जवान २६ वर्षीय अनु रायलाई असार २५ गते राति हात पछाडि पारी हतकडी लगाएर कुटपिट गरेको पाइयो ।’–स्थलगत अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा पीडित प्रहरी जवान रायलाई ३३ वर्षीय इन्स्पेक्टर हेमन्त राईको निर्देशनमा हातमा हतकडी लगाएर कुटपिट गरी यातना दिएको उल्लेख छ । प्रहरी जवान अनु रायले प्रहरी कार्यालय भित्र होहल्ला गरेको देखेपछि डयूटीमा रहेको अन्य प्रहरीहरूलाई नियन्त्रणमा लिन लगाएको आरोपित इन्स्पेक्टर राईको भनाइ रहको छ । सो घटना सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक भएपछि बाहिर आएको थियो ।

Source: https://shirishnews.com/2023/07/18/42622/?fbclid=IwAR3_uGe6LOhjSPPJlUBxVumqed5xbP6leUAuVXYsfY72gYs6fp31oxX-K-o