बागलुङमा मानवअधिकार उल्लंघनका घटनामा महिला तथा बालबालिका धेरै

धवलागिरी एफएम डटकम । बाग्लुङ । ०७९ पुस ८ गते

बागलुङ, ८ पौष – बागलुङमा मानवअधिकार उल्लंघनका घटनामा धेरै महिला तथा बालबालिका पिडित रहेको तथ्याङ्क देखिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले शुक्रबार एक समारोहका बिच सार्वजनिक गरेको सन २०२२’ जनवरी देखी डिसेम्वर सम्मको तथ्यांकमा मानवअधिकार उल्लंघनका घटनामा महिला र बालबालिकाको संख्या बढेको देखिएको हो ।यसअवधीमा मानवअधिकार उल्लंघनका ७० घटना मध्य २२ जना बालबालिका र ४६ जना महिला पिडित भएका छन् । १९ जना बालबालिका माथि बलत्कार र बलत्कार प्रयास, १ जना शरीर बन्धक जस्ता जघन्य घटना भएको ईन्सेक प्रतिनिधी सृजना पन्तले जानकारी दिनुभयो ।त्यस्तै ४६ महिला अधिकार उल्लंघनका घटनामा ६ जना महिला माथि बलत्कार र बलत्कार प्रयास, ४ जना बहुबिबाह आत्महत्या दुरुत्साहन १ हत्या, हत्या प्रयास २, र घरेलु हिसाँ ३२ जना माथि भएको पन्तले बताउनुभयो । राजनितिक अधिकार ३ बिद्यालयमा कुटपिट १ बालबिबाह १ लगायतका घटना भएको ईन्सेक जिल्ला प्रतिनिधीको कार्यालयले जनाएको छ ।

ईन्सेकले गरेको मानव अधिकार बर्ष पुस्तक बार्षिक समिक्षा कार्यक्रममा बोल्ने सहभागीले ठुलो संख्यमा महिला र बालबालिकामा माथि हुने गरेका यस्ताखाले जघन्य अपराध नियन्त्रणका लागि सबैले आवाज उठाउनुपर्ने बताए । मानव अधिकारको संरक्षणका लागि राज्यले बनाएका नियम कानुनको समेत कार्यन्वयन हुन नसकेको भन्दै सहभागीले” पिडित लाई मनोपरामर्श र पिडक लाई कानुन बमोजिमको कारबाही हुनुपर्नेमा जोड दिए । सो अवसरमा नागरिक समाजका संयोजक काजिगाउले श्रेष्ठ, मानव अधिकार संगठनका संयोजक लक्ष्मी जिसी कार्की, नेपाल पत्रकार महासघंका कार्यबाहक अध्यक्ष नविन शिशिर बिक र प्रहरी जवान राजाराम वर्तौला लगायतले बोल्नुभएको थियो । कार्यक्रम ईन्सेक प्रतिनिधी सृजना पन्तको संचालनमा सम्पन्न भएको थियो ।

Source: https://www.dhaulagirifm.com/news/14815/