बालअधिकार समूहद्वारा मादीमा सडक नाटक प्रदर्शन

सफल आवाज डटकम । पोखरा । २०७९ फागुन २५ गते

एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मादीका बालअधिकार समूहका बालबालिकाद्वारा मादी–३ मा फागुन २४ गते महिला हिंसा विरूद्ध सडक नाटक प्रदर्शन गरेकाे समाचार छ । स्थानीय समुदायलाई महिला अधिकार र कर्तव्य प्रति सचेत पार्ने र जिम्मेवारी निकायलाई जवाफदेही बनाउने उदेश्यले प्रर्दशन गरिएको सडक नाटकमा वडा अध्यक्ष, सदस्य तथा स्थानियहरूको उपस्थिति रहेको थियो । नाटकमा महिला विरूद्ध हुने घरेलु हिंसा, गर्भावस्थामा गरिने विभेद, अन्जानका मान्छेको विश्वासमा परेर बेचविखनमा पर्ने जोखिम जस्ता विषयमा स्थानियलाई सचेत बनाउन उक्त नाटक प्रस्तुत गरिएको थियो । वडा अध्यक्ष बिकास गुरूङले बालबालिकलाई राम्रो विषयलाई प्रस्तुत गरेको भन्दै बालबालिकाको कामको प्रशंसा गरेका थिए । उनले यस्ता खालका सचेतना मुलक नाटकले आम नागरिकलाई महिला को अधिकारका बारेमा सचेत बनाउन सकिने र महिला हिंसा विरूद्ध आवाज उठाउनका लागि महिलाहरूलाई जागरूक बनाउन सकिने बताए ।

Source: https://safalawaj.com/2023/03/09/116046/