बाल क्लवद्धारा बटेश्वरमा मधेश व्यथा मञ्चन
केएन खबर डटकम । धनुषा । २०७९ मङ्सिर २४ गते
लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मंसिर २२ गते बटेश्वरमा जनचेतना मुलक नाटक मञ्चन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले श्री शिव शक्ति माध्यमिक विद्यालय बटेश्वर गापा–४ मा गठन गरेको बाल अधिकार संचेतना समुहले जनचेतना मुलक नाटक मञ्चन गरेका हुन् ।“मधेसको व्यथा” नाम दिएको नाटकमा महिला सशक्तिकरण, बालविवाह विरुद्ध, दाईजो प्रथा विरुद्ध नाटकिय रुपमा मञ्चन गरिएको नाटकका लेखक विद्यार्थी राजु कुमार महतोले बताउनुभयो । नाटक समय सान्दर्भिक र रमाइलो थियो । बटेश्वर गाउँपालिका–४ का वडाध्यक्ष निरज कार्कीको विशेष उपस्थितीमा मञ्चन गरिएको थियो । कार्यक्रममा विधालयका प्राचार्य प्रमोद शरण केवट, इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि अजय साह, इन्सेक धनुषा जिल्ला सहजकर्ता अनिता कुमारी यादव, शिक्षकलगायत बाल क्लबका पदाधिकारी, सदस्य तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।