बाल दिवसको अवसरमा जनता मावि नक्टाझिजका बाल क्लवद्वारा प्रभातफेरी र्‍याली

हाम्रो जनकपुर डटकम । २०७८ मङ्सिर ४ गते

 

विनोद महतो ,महेन्द्रनगर, मंसिर ४ । अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा धनुषाको मिथिला नगरपालिका वडा नं.२ नक्टाझिजस्थित जनता माध्यमिक विद्यालयका बाल क्लवका विद्यार्थीहरुले आज र्‍याली निकालेका छन् । जनता मा.वि. नक्टाभिजमा इन्सेक नेपाल नामक संस्थाले गठन गरेको बाल अधिकार सचेतना समूह र जनता मा.वि नक्टाझिजका विद्यार्थीहरुको संयुक्त आयोजनामा प्रभातफेरी रैली गरिएको छ ।

जनता मा.वि.नक्टाझिज हजराचौकस्थित खेल मैदानबाट शुरु भएको सो प्रभातफेरी रैली क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित क्षीरेश्वर मा.वि.मा पुगेर कोणसभा गर्दै समापन गरिएको थियो ।

 

सो प्रभातफेरी रैली विद्यालयका बाल अधिकार सचेतना समूहका अध्यक्ष दिवेश कुमार महतोको अगुवाईमा गरिएको विद्यालयले जनाएको छ । रैलीमा विद्यालयका बाल अधिकार सचेतना समूहका पदाधिकारी, बाल क्लवका छात्रछात्राहरु, सुरक्षाकर्मी, पत्रकार सहितको सहभागिता रहेको थियो ।

र्‍यालीमा उनीहरुले बालबालिकाहरुको हक अधिकार संरक्षण गरौ, बालश्रम बन्द गरौ, बालबालिकामाथि हुने हिंसा बन्द गरौ, बालविवाह जिन्दगी तवाह, ‘हसुवा खुर्पी कातमे कापी कलम हातमे’ बाल श्रम अन्त्य गरौ, बालमैत्री समाज कायम गरौ, बालबालिकालाई शिक्षा देउ र शिक्षाका लागि प्रेरित गने लगायतका विभिन्न नारा लगाएका थिए । सो रैली गर्दा सडकमा प्रहरीले सुरक्षा दिएको थियो ।

इन्सेक नेपाल प्रदेश नं २ को कार्यक्रम सञ्चालक बरुण बस्याल, बाल अधिकार संरक्षण समिति मिथिला नगरपालिका का अध्यक्ष दिवेश कुमार महतो, उपाध्यक्ष विनिता कुमारी महतो, इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगर, जनता मावि नक्टाझिज का कार्यलय सहयोगी रामभरोस महतो लगायत बाल क्लब का सम्पुर्ण समिति सहित जनता मावि नक्टाझिज विधालयको कक्षा ९ र १० का छात्र- छात्रहरु को उपस्थिति रहेको थियो।

Source: बाल दिवसको अवसरमा जनता मावि नक्टाझिजका बाल क्लवद्वारा प्रभातफेरी र्‍याली – Hamro Janakpur