मनहरिमा महिला माथि हुने हिंसा स्थानीय सरकार र महिलाबिच सम्बाद कार्यक्रम सम्पन्न
निगरानी अनलाइन डटकम । २०७८ पुस १२ गते
मनहरिमा महिला माथि हुने हिंसा स्थानीय सरकार र महिलाबिच सम्बाद कार्यक्रम सम्पन्न भएकोछ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) बागमती प्रदेश कार्यालय हेटौंडा को आयोजनामा सम्पन्न कार्यक्रममा सस्था द्वारा निर्माण गरिएको महिला समुहमा आबद्द महिला तथा स्थानिय सरकारबिच महिला माथि हुने हिंसा न्युनिकरण तथा महिला हिंसामा परेका महिलाहरुलाई स्थानिय सरकारले सम्रक्षणको लागि गर्दै आईरहेको प्रयास एबम नितिगत ब्यबस्थाको बारेमा छलफल तथा बहस भएकोथियो । हेटौडा उपमहानगर पालिका को १९ नम्बर वडा र मनहरी गाउपालिकाको महिला समुहका महिलाको उपस्थिती रहेको कार्यक्रममा मनहारी गाउपालिका उपाध्यक्ष मनिला बिष्टको प्रमुख आतिथ्यता ,अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) बागमती संयोजक गणेश भण्डारीको बिशेष आतिथ्यता त्यस्तै गरी ईलाका प्रहरी कार्यालय मनहरिका प्रहरी नायब निरिक्षक बिदुर चन्द्र अधिकारीको बिशेष आतिथ्यता र गाउपालिका सामाजिक बिकास शाखा प्रमुख राजेन्द्र चौलागाई,मानब अधिकार समिती मनहरिका सचिव दीपेन्द्र अधिकारी लगाएतकाको आतिथ्यता रहेको थियो । सस्थाले त्रैमासिक रुपमा पालिकामा छलफल तथा स्थानिय महिला र गाउ सरकार बिचमा स्थानिय स्तरमा भएका सामाजिक समस्याहरुलाई उर्जागर गरी समस्याको समाधानको लागि सहजिकरण गर्दै र्आईरहेकोछ। सम्बाद कार्यक्रममा सहभागीहरुले बहुबिबाहको केशमा केश दर्ताको समयबधी,महिला हिंसा हुँदैगर्दा पीडित महिलाहरुलाई आर्थिक तथा कानुनी सहायतताको अभावको कारणले गर्दा बाहिर खुलेर आउन नसक्नु,महिला समुहमा आबद्धता भएपछी महिला हिंसामा आएको कमी जस्ता बिषयमा छलफल चलेको थियो ।
कार्यक्रममा उठेका सवालहरुको जवाफ दिनुहुँदै सामाजिक बिकास शाखा मनहरिका प्रमुख राजेन्द्र चौलागाईले मनहरी गाउपालिकालाई समग्रमा लैङ्गिक हिंसा मुक्त समाज बनाउन तर्फ पालिका अगाडि बढेको बताउनुभयो । त्यस्तै गरी कार्यक्रमको प्रमुख अतिथिती एबम मनहरी गाउपालिका उपाध्यक्ष मनिला बिष्टले मनहरिलाई महिला मैत्री बनाउनुपर्छ भनेर पालिका अगाडि बढेको बताउनुभयो । महिला,पुरुष बालबालिकामा हिंसा अझै पनि देखा परेको तर अन्तत्वगत्व महिला र बालबालिका क्षेत्रनै सबै भन्दा बढी प्रभाबित हुने गरेको बताउनुभयो । गाउपालिकाले पछील्लो समयमा सिपको बिकास सँग सङ्गै प्रबिधीको समेत सहयोग गर्दै अैइरहेको बताउनुभयो । गाउपालिकाले बालिका सुरक्षा कार्यक्रम, हिंसा पीडित महिलालाई न्यायिक समितीबाटै मेलमिलाप गराएर मिलाएर पठाएको र पछी त्यस्ता केशहरुको फलो अप गर्दा अधिकाङ्समध्यको सुधार भएको छ भन्नुभयो । महिला तथा बालबालिका न्यायिक कोष खडा गरी अफ्थ्यारोमा परेका महिलाहरुलाई उद्दार तथा राहत प्रदान गर्दै आईरहेको बताउनुभयो । जबसम्म कुनैपनी महिला आँफैमा आर्थिक रुपमा सक्षम हुँदैन तबसम्म हिंसाको सिल्शिला चलिरहन्छ भन्दै अब सबै महिलाहरु उत्पादनमा लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्नुहुँदै ईन्सेक प्रदेश गणेश भण्डारीले महिला हिंसा न्युनिकरण तथा अन्त्यको लागि महिलाहरुलाई सचेतना जगाउदै महिला समुह निर्माण गरी महिलाहरुलाई सचेत बनाई सभ्य र हिंसा रहित समाज बनाउने तर्फ निरन्तर लागि पारीरहेको र आगामी दिनहरुमा पनि निरन्तर लागि पारीरहने बताउनुभयो । कार्यक्रम मानब अधिकार समिती मनहरिका संयोजक बिमला गोपालिको सभाध्यक्षतामा मनहरी ९ अग्नीहोत्रा आश्रममा सम्पन्न भएको थियो ।