महिला मानव अधिकार रक्षक माेरङ सञ्जालमा तारा
पब्लिक प्रेस । २०८१ मङ्सिर १० गते
बिराटनगर । मोरङ स्थित महिला मानव अधिकार रक्षक सञ्जालमा तारा घिमिरेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । आइतबार सम्पन्न वार्षिक साधारण सभाले घिमिरेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा राधा बस्नेत, सचिवमा तोया लिम्बु, सहसचिवमा बिनिता राई र कोषाध्यक्षमा शारदादेबी राई चयन भएको निर्वाचन समितिका संयोजक मनोहर पोखरेलले जानकारी दिनुभयो । यसैगरी सदस्यहरुमा गोमा दाहाल, अर्पणा राजवंशी, भिमकुमारी ढकाल, पुनम कोइराला सापकोटा, बिनिता कुमारी सिंह, राधा पासवान, उर्मिला खडका, एलिना खतिवडा र सरिता दाहाल छन् ।
सभाका उद्घाटन समारोहमा सञ्जालकी केन्द्रीय कोषाध्यक्ष मञ्जिता उपाध्याय, इन्सेकका अधिकृत मनोहर पोखरेल, सामुदायिक सेवा केन्द्र तीनपैनीकी अध्यक्ष मीना जोशी, गैसस महासंघका सहसचिव बागमता कट्टेल, पूर्वाञ्चल बाल आश्रमकी ब्युटी श्रेष्ठ, परिवर्तनशील समाजका दुर्गानन्द रायले शुभकामना मन्तव्य राखेका थिए ।
यस अघिका सञ्जालका अध्यक्ष इन्दु चौधरीको अध्यक्षतामा सम्पन्न सचिव तोया लिम्बुले सञ्चालन र उपाध्यक्ष इन्दिरा भट्टराईले स्वागत गरेकी थिइन् । उद्घाटन समारोहमा मानव अधिकार क्षेत्रमा क्रियाशील विभिन्न संस्थाका महिला मानव अधिकार रक्षकहरुको सहभागिता रहेको थियो । मोरङको नौ पालिकामा संगठन विस्तार गरेको सञ्जालको जिल्लाभरी तीन सय ५० जना सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ ।