मानवअधिकारकर्मीबाट कारागार र थुनुवा कक्षको अनुगमन

स्याङ्जा सन्देश डटकम । २०८१ मङ्सिर २३ गते

स्याङ्जा  । ७६ औ अन्र्तराष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भलाई लक्षित गर्दै जिल्ला कारागार शाखाको निरीक्षण गरिएको छ ।

गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालय पोखरा, राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय पोखरा र अनौपचारिक सेवा केन्द्र इन्सेक पोखरा, मानवअिधकारकर्मी र वकिलहरुको भेलाले कारागार र प्रहरी कार्यालयमा रहेका बन्दी तथा थुनुवाको अवस्थाका बारेमा जानकारी लिएको हो ।

कैदीबन्दी तथा थुनुवासंग भेटेर उनीहरुले कुराकानी सहित गुनासा सुनेका छन् । कारागारको ६५ जना क्षमताको कारागारमा पाँच महिला सहित १४७ रहेको बताइएको छ ।

अनुगमनमा मुख्यमन्त्री कार्यालयका कानुन महाशाखाँका उपसचिब शालिकराम रेग्मी, इन्सेक गण्डकी प्रदेश प्रमुख शिव खकुरेल, मानवअधिकार अधिकृत टंकप्रसाद खनाल, महिला मानवअधिकार रक्षकहरुका सजांल कास्कीका अध्यक्ष केशु भुजेल, एडभोकेसी फोरमका प्रदेश संयोजक कुन्जनी परियार लगायत जिल्ला स्थित पत्रकारहरु लगायतको समूहले कारागार शाखा र प्रहरी कार्यालयको थुनुवा कक्षको निरीक्षण सहित त्यहाका अवस्थाका बारेमा जानकारी लिएको छ ।

कारागार शाखा प्रमुख दिनेश शर्माले कारागारका अवस्थाका बारेमा जानकारी गराउनुभयो । कैदीबन्दीले दिर्घरोगी, मानसिक रोगी र अन्य सबै एकै स्थानमा बस्नु परेको, राज्यले सिदाका लागि कम रकम उपलब्ध गराएको, लामो समयसम्म बन्दी बनाई राखेको, कैद छुट नपाएको, बालकलाई कारागारमा राखेको, कारागारमा चिसोपन बढी भएको जस्ता गुनासा एवं समस्या सुनाएका थिए ।

Source: https://syangjasandesh.com/manabadhikarkarmi-karagar-anugaman/