मानवअधिकारका विषयलाई नागरिक समाज तथा सञ्चारकर्मीहरूले नियमित रुपमा आवाज उठाउनु आवस्यक

२०७७, ९ मंसिर मंगलवार २२:०८ 

विदुर । दश वर्षे जनआन्दोलनको समयमा भएका मानव अधिकार उल्लङ्घनका घटनाका पिडितहरु अझै अन्यायमा परेको नुवाकोटका सरोकारवाला निकायहरुको भनाई रहेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० को आयोजनामा विदुरमा भएकोे जिल्लामा मानव अधिकार अवस्थाको बारेमा नागरिक समाज तथा सञ्चारकर्मीको भूमिका विषयमा भएको छलफलका सहभागीहरूले उक्त कुरा बताएका हुन् । विदुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष टलकमान श्रेष्ठले जहाँ द्धन्द र विवाद हुन्छ त्यहाँ मानव अधिकार उल्लङ्घनका घटना हुने गरेको बताउनुभएको छ । दश वर्षे जनआन्दोलनकै समयमा अन्यायमा परेका नागरिकलाई प्रयाप्त प्रमाणको आधारमा न्याय दिलाउन नसकेको गुनासो वडा अध्यक्ष श्रेष्ठले गर्नुभएको छ । साथै उहाँले देश संघियतामा गए पछि निति तथा कार्यक्रम, बजेट र सवालहरु बदलिएको र मानव अधिकार उल्लङ्घनका घटनामा समेत कमि आएको वडा अध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।मानवअधिकारका विषयलाई नागरिक समाज तथा सञ्चारकर्मीहरूले नियमित रुपमा आवाज उठाउन आवस्यक रहेको इन्सेक केन्द्रीय कार्यलयका मानव अधिकार प्रलेख तथा पैरबी विभाग प्रमुख श्रीराम बजगाईँले बताउनुभएको छ । पिडित, समाज र सरकार एकजुट भएको खण्डमा अन्यायमा परेकालाई न्याय दिलाउन सहज हुने समेत उहाँले बताउनुभएको छ । कोरोना भाइरसको कारण मानव अधिकारका सामान्य विषयहरु समेत ओझेलमा परेको उक्त कार्यक्रमका सहभागीहरुले बताएका छन् । इन्सेकले मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटना समेटेर हरेक वर्ष नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको छ भने मानवअधिकार शिक्षा तथा प्रवर्धन र सम्बर्धनका लागि पैरबी कार्यक्रम पनि चलाउँदै आएको छ ।

Source: https://samikarannews.com/2020/11/24/1310/?fbclid=IwAR3pJShGsCsyfjFs5tzYONo7DEm4jNsF1mafpszhGjsntYXfxtV-