“मानव अधिकारको सवालमा नेपाल प्रहरी सचेत छ” : डिएसपी ढुङ्गाना
नेपाल बाहक । २०७८ असार ३१ गते
रामेछाप । रामेछापका प्रहरी प्रमुख डिएसपी नवराज ढुङ्गानाले नेपाल प्रहरी मानव अधिकारको सवालमा सचेत रहेको बताउनु भएको छ । जिल्लामा मानव अधिकारको अवस्थाको समीक्षा कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । कार्यक्रममा बोल्दै डिएसपी ढुङ्गानाले कैदिबन्दिको लागि पुस्तकालय र टेलिभिजनको समेत व्यवस्था गरेको बताउनु भयो । कार्यक्रममा उहाँले जिल्लामा सबै भन्दा बढी घरेलु हिंसाका उजुरी पर्ने गरेको बताउनु भयो । ढुङ्गानाले रामेछापमा बलात्कार तथा आत्मा हत्याका घटना समेत बढे क्रममा रहेको बताउनु भयो । त्यस्तै कार्यक्रम बोल्दै जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माले जिल्लमा घरेलु हिंसाका घटना धेरै हुने गरेको बताउनु भयो । न्यायाधिवक्ता शर्माले अपराध नियन्त्रणमा मानवअधिकार कर्मी, आम नागरिक तथा सरोकारवालको समेत भूमिका रहने बताउनु भएको थियो । शर्माले न्याय निरूपणको सवालमा रामेछापका सरोकारवाल पीडित मुखी रहेकाले अन्य जिल्लमा भन्दा रामेछापमा मानव अधिकारका घटना कम रहेको बताउनु भयो । कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि नवराज पथिकले सन् २०२१ को पहिलो ६ महिनामा मानव अधिकार उल्लंघनका १३ वटा घटना अभिलेखीकरण भएको जानकारी दिनुभएको थियो । कार्यक्रम इन्सेक र मानव अधिकारले संरक्षण संन्जाल रामेछापको आयोजना भएको थियो भने कार्यक्रमको अध्यक्षता मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँले गर्नु भएको थियो । कार्यक्रममा रामेछापका मानव अधिकारकर्मी, पत्रकार तथा अधिवक्तहरुको उपस्थिति रहेको थियो ।
Source: https://www.nepalbahak.com/2021/07/15/4448/?fbclid=IwAR1nyqkb_A38xDI_yvKNAb0cO5bMWMfAfV8rplxFRSfHH1YI8vzpFOOGXzs