मानव अधिकार अनुगमन तथा प्रलेखिकरण क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न
शिरीष न्यूज डटकम । २०८१ जेठ १८ गते
धनुषा – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले ०८१ जेठ १८ गते जनकपुरधाममा मानव अधिकार अनुगमन तथा प्रलेखिकरण क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयका कार्यवाहक प्रमुख रेखा दत्तले मानव अधिकार अनुगमन तथा प्रलेखिकरण सम्वेदनशिल कार्य भएको बताउनु भयो । मानव अधिकारकर्मीहरुले मानव अधिकारसँग सम्बन्धि विषय वस्तु तथा घटनाको अभिलेख सत्य तथ्यमा आधारित हुनु पर्नेमा जोड दिनु भयो ।इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले मानव अधिकारको विषय वस्तुलाई उजागर गर्न, पीडितको न्यायका लागि र दोषीलाई कानुनको दायरामा ल्याउन मानव अधिकार अनुगमन तथा प्रलेखिकरण आवश्यक रहेको बताउनु भयो । वातावरणको सवाललाई पनि मानव अधिकारको दृष्टिकोणबाट मानव अधिकार रक्षकहरुले उठान गर्नुपर्नेमा उहाँले जोड दिनु भयो । वातावरण गुणष्तरमा ह्रास आएको कारण मानिसको जनजिवन प्रभावित भइरहेकोले यसप्रति हामी सबै गम्भीर भएर सचेतनाका अभियान चलाउनुपर्ने उहाँले बताउनु भयो ।महिला मानव अधिकार रक्षक सञ्जाल मधेस प्रदेश अध्यक्ष रेखा झाले मानव अधिकारकर्मीहरु सुझबुझका साथ स्थलगत अध्ययन गरेर घटनाको अभिलेख गरी पीडितको न्यायका लागि पहल गर्नुपर्नेमा जोड दिनु भयो ।
एडभोकेसी फोरम नेपालका प्रदेश संयोजक राजकुमार महासेठले मानव अधिकार घटनाको अनुगमन र अभिलेखिकरणको कार्य मानव अधिकार रक्षकहरुले गर्ने उल्लेख गर्नु हुँदै मानव अधिकार घटनाको अनुसन्धान कार्य राज्यका निकायले गर्ने बताउनु भयो । मानव अधिकारका सवालमा मानव अधिकारकर्मीहरुले घटनाको सत्य तथ्यको खोजि गरी अनुगमन र प्रलेखिकरण कार्य गर्नु पर्ने साथै इमानदारिता, गोपनियता र निष्पक्षतामा पनि ध्यान दिनुपर्ने उहाँले बताउनु भयो । वाताबरण विज्ञ अजित श्रीवास्तवले भौतिक, जैविक र सामाजिक तथा आर्थिक वातावरण मानव अधिकार र वातावरणको अधिकारसँग अन्तरसम्बन्धित रहेको बताउनु भयो ।वाताबरणको अधिकार नागरिकको मानव अधिकार भएको उहाँले उल्लेख गर्नु हुँदै वाताबरण प्रदुषणलाई न्युनिकरण गर्न आजको परिप्रेक्षमा वृक्षा रोपण बाहेक अरु कुनै बिकप्ल नरहेको उहाँको भनाई थियो । उक्त कार्यक्रममा मानव अधिकारकर्मी कुल्दिप शाहले मानव अधिकारको अनुगमनका प्रकार आधारभूत सिद्धान्तहरू सम्बन्धी तालिमद्वारा सिकेको बताए । कार्यक्रममा सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, मानव अधिकारकर्मी र इन्सेक सिरहा,सर्लाही,महोत्तरी,रैतहट,धनुषाका जिल्ला प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
Source: https://shorturl.at/Cijnx