मानव अधिकार मैत्रि पालिका निर्माणमा सरोकारवालाहरुको दैलेख दुल्लुमा अन्तरक्रिया

भूगोल डटकम । दैलेख । २०७९ मङ्सिर १७ गते

कर्णाली प्रदेशको दोस्रो ठुलो स्थानिय तह दैलेखको दुल्लु नरपालिकालाई मानवअधिकार मैत्रि बनाउने उद्धेश्यका साथ सरोकारवालाहरुको अन्तरक्रिया आज दुल्लु नगरपालिकामा सम्पन्न भएको छ । मानवअधिकार क्षेत्र इन्सेक द्धारा सञ्चालित उक्त अन्तरक्रिया कार्यक्रममा दुल्लु नगरपालिकाका जनप्रतिनिधिहरु, पालिका स्तरिय मानवअधिकार सञ्जालका प्रतिनिधिहरु लगाएत सरोकारवालाहरुको सहभागिता रहेको उक्त कार्यक्रको अवसरमा नगरपालिकामा मानवअधिकारको वर्तमान अवस्था लगाएत समाजमा उत्पन्न परिस्थिति र घटनाहरुको बारेमा चर्चा गरिएको छ । कार्यक्रमको अवसरमा वर्तमान मानवअधिकारको अवस्थाबारे बोल्दै इन्सेक कर्णाली प्रदेश प्रमुख नारायण सुवेदीले नगरपालिका भित्रका जनप्रतिनिधिहरु र कर्मचारीहरुले सचेत हुनुपर्ने र त्यसका लागी मापदण्ड अपनाउनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले दुल्लु नगरपालिकाले मानवअधिकारको क्षेत्रमा गर्नुपर्ने रणनितिका सन्दर्भमा तयार गरिएको निर्देसिका नगरपालिकालाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा इन्सेकका दुर्गा थापा लगाएत किरण पौडेलको समेत सहजीकरण रहेको थियो ।

Source: https://bhugoole.com/archives/2360?fbclid=IwAR0aGqOoMSlt6l3J2G7XlN7yjekVynAS59vLW9z46elnqhyWNlSlrWGjatc