मानव अधिकार रक्षकको सुरक्षा प्रति प्रहरी प्रतिबद्ध छ : डिआइजी सुवेदी

धनगढी,७ बैशाख । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तरम राज सुवेदीले मानव अधिकार रक्षकको सुरक्षा प्रति प्रहरी प्रतिबद्ध रहेको बताएका छन् । मंगलबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय द्वारा आयोजित मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणमा राज्यको दायित्वको विषमा प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै डिआइजी सुवेदीले मानव अधिकार रक्षकको सुरक्षा प्रति प्रहरी प्रतिबद्ध रहेको बताएका हुन् । यस्तै सुदूरपवश्चिम प्रदेश, विधायन सभा समितिका अध्यक्ष नेपालु चौधरीले प्रदेश सभासंग कानुन बनाउने अधिकार रहे पनि निर्मित कानुनको कार्यान्वयन गर्ने सुरक्षा निकाय आफ्नो संयन्त्र अन्तरगत नरहेकाले कार्यान्वयन गर्न कथिनाई भएको  बताए ।   यता अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सुदूर पश्चिम प्रदेश संयोजक खडकराज जोशीले मानव अधिकार रक्षकहरुले सरकारको विरोधी नभएर सहयोगीको रुपमा काम गर्ने हुदा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण गर्न राज्यले जिम्मेवारी हुनु पर्ने बताए ।    

Source: https://paschimtoday.com/news-details/32868/2021-04-20