मानव अधिकार समूह घोडाघोडीको अध्यक्षमा आशा परियार
कैलाली खबर डटकम । २०८१ चैत १० गते
सुखड । घोडाघोडी नगर स्तरीय मानव अधिकार अधिकार समूहको अध्यक्षमा आशा देवी परियार सर्वसम्मत चयन हुनुभएको छ । सोमबार भएको समूहको प्रथम चुनावी साधारण सभा बाट उहाँ सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । जसको उपाध्यक्षमा कालु राम चौधरी,सचिवमा कृष्ण वि.क.,सह सचिवमा शोभा चौधरी र कोषाध्यक्षमा शङ्कर चौधरी सर्वसम्मत चयन भएका छन् ।
सदस्यमा क्रमशः दीपेश बोहरा,विनोद चौधरी, विश्व देवी श्रेष्ठ,यमुना रावत, जमुना कँडेल र लक्ष्मी वि.क. चयन भएको बताइएको छ ।यस अधि समूहको अध्यक्षमा सावित्रा आचार्य रहनु भएको थियो । उहाँ काम विशेषले काठमाण्डौँ जाँदा कार्यवाहक अध्यक्ष भएर आशा देवी परियारले काम गरी राख्नु भएको थियो । आज भएको प्रथम चुनावी साधारण सभाले उहाँलाई समूहको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
विगत ३ वर्ष देखी अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेशको समन्वयमा समूहले मानव अधिकारको क्षेत्रका वकालत र पैरवी गर्दे आएको छ । समूहले गाउँ गाउँमा शिक्षा, स्वास्थ्य, वातावरण र लैगिङ्क तथा जातीय छुवाछुत लगाएका मानवअधिकारसँग सम्बन्धी समस्यालाई निर्मलीकरण गर्न सहयोग पुर्याउँदै आएको छ ।
कार्यक्रममा इन्सेक कैलालीका सहजकर्ता वीरेन्द्र शाहले सामाजिक न्याय स्थापित गर्न नागरिकको सुरक्षा, सहभागिता र पारदर्शिताका लागि दूर दराजका जनताका लागि आधारभूत मौलिक हक प्रत्याभूत गराउन र स्थानीय तहमा भौतिक विकास मात्र नभई मानवीय विकासका लागि मानव अधिकार समूहका पदाधिकारीहरूले स्थानीय स्तरमा सहकार्य गर्नु पर्ने बताए ।
Source: https://shorturl.at/3XLAJ