मानव अधिकार समूह मनहरीले ६ बुदे ज्ञापन पत्र गाउँपालिका समक्ष बुझायो

कालीपोखरी डटकम । २०७९ फागुन १२ गते

अनौपचारीक क्षेत्र सेवा केन्द्र ( ईन्सेक) बागमती प्रदेश कार्यालय मनहरी गाउँपालिका अन्तर्गत मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा स्थानिय समुदायको शिक्षा, स्वास्थ्य, वातावरण र बाताबरणसङ्ग विषयमा आगामी दिनमा जिम्मेवार निकायलाई झक झकाउने र उत्तरदायित्व बहन गराउन सम्बन्धित निकायलाई उत्तरदायी र जिम्मेवार बनाउनको लागि पहल कार्यक्रम अन्तरगत यश मनहरी गाउँपालिकामा सुचिकृत भई २०७६ सालदेखी सक्रिय रुपमा मनहरी गाउँपालिका स्तरिय मानव अधिकार समूह कृयाशिल रहेको छ ।

समुहले मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा , स्वास्थ्य , महिला बालबालिका तथा वातावरण सङ्ग सम्बन्धि क्षेत्रमा स्थानिय सेवाग्राहि र सेवा प्रदायक निकायहरुमा विभिन्न जानकारी आदनप्रदानमा सहजता र सेवा प्रबाहमा सबैको पहुँच पुर्याउनकालागी मध्यस्थकर्ताको भुमिका निर्बाह गर्दै आईरहेको जानकारी गराउन चाहान्छौ । समुहको २०७९ पुस १८ गते सम्पन्न बैठकले मनहरी गाउँपालिकाको शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका र वातावरण लगाएतका क्षेत्रमा विभिन्न विषयमा ध्यानाकर्षण गराउने निर्णय गरिए बमोजिमका सेवाहरुमा सुधारका लागि मनहरी गाउँपालिका समक्ष ज्ञापन पत्र पेश गरिएको संयोजक बिमला गोपालिले जानकारी दिनुभयो ।

स्कुलमा पढ्ने बालबलिकाहरु लागु औषध दुर्बेसानी र अन्य गतिबिधिहरुको निगरानी गर्नको लागि गाउपालिका भित्रका सबै स्कुलका कक्षाकोठामा सिसी क्यामराको ब्यबस्था गर्नुपर्ने ,जङ्गली जनावरको आक्रमणबाट खेत बाली तथा मानव शरीरको सुरक्षाको लागि मजबुद बिद्युतिय झट्काको ब्यबस्था गर्नुपर्ने , किसानहरुलाई समयमै बिउ बिजन सम्बन्धित वडा कार्यालयमै उपलब्ध गराउनुपर्ने , मनहरी र मनहरी आसपासको राजमार्गमा हुने गरेको दुर्घटना समयमै पहिचान गर्नको लागि सवारी साधनको दोहोरो अभिलेखन प्रणाली शुचारु गर्नुपर्ने , मनहरी अस्पातलमा नेपाल सरकारले उपलब्ध गराउदै आईरहेको नि:शुल्क औषधीको नागरिक वडा पत्रमा सबैले देख्ने गरी राख्ने ब्यबस्था गर्नुपर्ने ,मनहरी गाउँपालिकाको क्षेत्रले भेट्ने महेन्द्र राजमार्गको आसपास अब्यबस्थित रुपमा दिसा पिसाब जस्ता कार्य हुँदै आईरहेको छ । त्यस गतिबिधिलाई रोक्न मनहरी गाउपालिका वडा नम्बर ९ ज्यामिरे आसपासमा ब्यबस्थित शौचालयको निर्माण गर्नुपर्ने र वडा नम्बर ८ को सिम्पानी क्षेत्रमा राजमार्गमा हुने धुलो नियन्त्रण गर्नुपर्ने जस्ता माग सहित गाउँपालिकामा ज्ञापन पत्र बुझाईएको हो ।

ज्ञापन पत्र बुझ्दै मनहरी गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रमको प्रमुख अतिथी सीता पुलामी मगरले मानव अधिकार समितिले ध्यानाकर्षण गराएको विषयमा कतिपय समस्या समाधानको क्रममा रहेको बताउदै बन्यजन्तु बाट जोगाउनको लागि स्थानिय सरकार सन्चालन ऎन र निकुञ्जको नीति नियम बाझिन गएकोले गाउँपालिकाले निकुञ्ज , मध्यबर्ती लगाएतका सरोकारवालासङ्ग बसेर गाउँपालिका टिम समस्या समाधानको लागि पहल गरिरहेको बताउनुभयो । त्यस्तै गरि शिक्षा , स्वास्थ्य , बालबालिका तथा बाताबरण सम्बन्धी जायज मागहरु प्रती गाउँपालिका सजक रहेको र समाधान गर्न लागि परेको भन्दै हामी सबै पक्ष मिलि समाधान गर्न लागि पर्नुपर्नेमा जोड दिनु भएको थियो ।

यस्तैगरी कार्यक्रमको अतिथी एबम गाउँपालिका प्रमुख प्रशाशकिय अधिकृत मोहन कुमार श्रेष्ठले गाउँपालिकाले स्कुलहरुमा सिसि क्यामरा सुरक्षा प्रदान गर्नको लागि राखिएको र बाँकी स्कुलहरुमा पनि सिसि क्यामरा जडान गर्ने प्रक्रियामा रहेको बताउनुभयो । मनहरी गाउँपालिकाको कार्यालय रजैयामा भएको ज्ञापन पत्र बुझाउने कार्यक्रममा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर , ३ नम्बर वडा अध्यक्ष अनन्त प्रकाश अर्याल , ५ नम्बर वडा अध्यक्ष नारायण उप्रेती , ५ नम्बर वडा अध्यक्ष तथा मानव अधिकार समूह मनहरीका सचिव दिपेन्द्र अधिकारी ,प्रमुख प्रशासकिय अधिकृत मोहन कुमार श्रेष्ठ , शिक्षा शाखा प्रमुख हरि सापकोटा , महिला तथा बालबालिका शाखा प्रमुख शिला अधिकारी , मानव अधिकार समूह मनहरीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण अनौपचारिक क्षेत्र सेवा केन्द्र ( ईन्सेक) सहकर्ता सलिना गौतमले गर्नुभएको थियो ।

Source: मानव अधिकार समूह मनहरीले ६ बुदे ज्ञापन पत्र गाउँपालिका समक्ष बुझायो – कालिपोखरी (kalipokhari.com)