मानव अधिकार सहायता कक्ष सबलीकरण छलफल कार्यक्रम धनगढीमा सम्पन्न

कैलाली खबर डटकम । २०८१ असोज २ गते

०२ असोज,सुखड । कैलालीको धनगढीमा मानव अधिकार सहायता कक्ष सबलीकरण विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा बुधवार कार्यक्रम भएको हो । 

कार्यक्रममा मानव अधिकार सहायता कक्षका प्रदेश संयोजक देबी खनालले बलात्कार, बलात्कार प्रयास, यौन दुर्व्यवहार र घरेलु हिंसाबाट पीडित तथा आर्थिक रुपमा विपन्न पीडितहरूको न्यायमा पहुँच अभिवृद्धि गर्नका लागि इन्सेकले विगत लामो समयदेखि सहयोग गर्दै आएकोले सहयोग रकम अनुमोदन गर्न मानव अधिकार सहायता कक्षको बैठक आयोजना गरिएको उनले जानकारी दिए ।

राष्ट्रिय मानव अधिकार आयोग, धनगढीका उप–सचिव झंकर बहादुर रावलले अहिले पनि मानव अधिकारको क्षेत्रमा सुधार आउन नसकेको र आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा पहुँच नभएका व्यक्तिहरू थप पीडित हुन भएकोले उनिहरुको न्यायका लागि सम्बन्धित सबैले सहयोग तथा पहल गर्न आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खड्क राज जोशीले पछिल्लो समयमा हिरासत तथा कारागारमा समेत नागरिकहरू असुरक्षामा रहेकाले कारागार सुरक्षा व्यवस्थापनमा नागरिक तहबाट दबाब दिन आवश्यक रहेको बताए । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयले पीडितको न्यायमा पहुँच पुगाउनका लागि मानव अधिकार सहायता कक्षमा मार्फत सहयोग गर्दै आएको उनले बताए ।

पत्रकार महासङ्घ, सुदूरपश्चिम प्रदेशका सचिव हरि जोशीले पीडामा परेका नागरिकहरूको अधिकारको वकालत गर्न तथा उनिहरुको समस्यालाई सतहि करण गर्न पत्रकार महासङ्घ निरन्तर रुपमा लागिपरेको बताए । मानव अधिकार सहायता कक्षमार्फत पीडितहरूको न्यायमा पहुँच पुगाउन गरिने सहयोगलाई निरन्तरता दिन आवश्यक भएको उहाँको भनाइ छ ।

डी.डब्ल्यु.आर.एफ,कैलालीका अध्यक्ष सावित्री घिमिरेले अहिले पनि आर्थिक रूपले विपन्न परिवारका महिलाहरूको न्यायमा पहुँच पुग्न नसेको र न्यायमा पहुँच नभएका र आर्थिक रुपमा पीडित भएकाहरूलाई मानव अधिकार सहायता कक्षमार्फत सहयोग गर्नु पर्ने उनको धारणा रहेको थियो ।

छलफल कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, पत्रकार तथा सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Source: https://www.kailalikhabar.com/news/11703

Source: https://pahura.com/2024/09/37516/

Source: https://dhangadhikhabar.com/news/73834