रामेछाप जिल्लाका सबै नागरिकको निशुल्क कोरोनाको परीक्षण गर्न मानव अधिकार संजाल रामेछापको माग
कात्तिक १९
रामेछाप । मानव अधिकार संजाल रामेछापले सम्पूर्ण नागरिकहरुको कोरोना भाइरस संक्रमणको परीक्षण निशुल्क गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । बुधबार मन्थलीमा एक कार्यक्रम गरी संजालले यस्तो माग गरेको हो ।
कार्यक्रममा संजालले छिमेकी जिल्लाहरुमा कोरोना भाइरस संक्रमणको परीक्षाण निशुल्क गराउने गरेको पाइएको भन्दै रामेछापमा पनि निशुल्क गर्न माग गरेका हुन् । त्यस्तै संजालले कोरोना भाइरस संक्रमित भएकाहरुले बिमाको रकम पाउन नसकेको भन्दै बिमितको रकम अशूली गर्नको लागि सरोकारवालाको पनि ध्यानाकर्षण गराएको छ । संजालले कोरोना संक्रमित भएका र होमआइसोलेसमा बसेकाहरुले सरकारले जारी गरेको स्वास्थ्य सूरक्षाका मापदण्ड पालना नगरेको पाइएकाले मापदण्ड पालना गर्नको लागि सम्बन्धित निकायलाई सचेत गराएको छ ।
त्यस्तै जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाहरुमा कक्षा ११ को परीक्षा स्वास्थ्य सूरक्षाका मापदण्ड पालाना गरी परीक्षा संचालन भैरहको दाबी गरएकाले मापदण्ड पालना गरे नगरेको स्थलगत अनुगमनको पनि गर्ने निर्णय गरेको छ । संजालले संक्रमित भएकाहरु होम आइसोलेसमा बसेकाहरुले स्वास्थ्यकर्मीको नियमित जानकारी नलिएको भन्ने गुनासो बढेकाले सो कुराको पनि ध्याणाकर्षण गर्ने संजालले तयारी गरेको छ ।