सर्लाही टुडे समाचारदाता ः सर्लाही, १४ भाद्र । मधेस आन्दोलनको क्रममा सहिदको नाममा सरकारले उपलब्ध गराउने भनिएको राहत वापतको रकम उपलब्ध गराईदिनु हुन सहित परिवारले माग गरेका छन । बेपत्ता पारिएका ब्यक्ति विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सर्लाहीको सदरमुकाम मलंगवामा एडभोकेसी फरम र इन्सेक सर्लाहीले आयोजना गरेको छलफल कार्यक्रममा उपस्थित सहिदका परिवारले आफुहरुले सरकारले उपलब्ध गराउने भनिएको राहत रकम नपाएको गुनासो गर्दै रकम उपलब्ध गराईदिन गुहार लगाएका थिए ।
’ द्वन्द्व पिडित तथा बेपत्ता परिवारको अधिकार परिपुणर् सहितको न्याय’ भन्ने नाराका साथ मलंगवा नगरपालिकाका उपप्रमुख शकुन्तला देवी साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी भएका पिडित परिवारका सदस्यहरुले मधेस आन्दोलनको क्रममा सहिद भएका तथा सशस्त्र द्वन्द्वको समयमा बेपत्ता पारिएका नागरिकको घरपरिवारको नाजुक अवस्थालाई ध्यानमा राखेर सरकारलाई यस्ता परिवार प्रतिको दायित्वको बोध गराउँदै पाउनुपर्ने राहत वापतको रकम उपलब्ध गराउन पहल गरिदिन कार्यक्रमका प्रमुख अतिथि मधेसी आयोगका अध्यक्ष संजिव कुमार दत्त र एडभोकेसी फरम सँग
बेपत्ता पारिएका नागरिकको सत्य, तथ्य बारे जान्न पाउने उनीहरूका आफन्तको अधिकार रहेकोले पीडित परिवारको अधिकार सुनिश्चित गर्नु राज्यको पहिलो दायित्व भएको भन्दै बेपत्ता भएका नागरिकको खोजबिन गर्ने दायित्व नेपाल सरकारको भएको मधेशी आयोगका अध्यक्ष संजिव कुमार दतले बताए । राज्यमा स्पष्ट कानुन र ऐनका कमि भएको कारण पनि आयोगलाई काम गर्न कठिनाई भईरहेको अध्यक्ष दतले सु्नाए । विभिन्न कानुनी जटिलता र वाधा अवरोधका बावजुद आयोगले यस्ता समस्या न्युनीकरण गर्न कम्मर कसेर काम थालिसकेको उनको भनाई रहेको थियो ।
सर्लाही जिल्लामा ५ सय ४२ सहिद परिवारहरु मध्ये हालसम्म २० प्रतिशत परिवारले मात्र सरकारले उपलब्ध गराएको राहत पाएको तथ्यांक छ। मलंगवा स्थित सुजाता पार्टी प्यालेसमा आयोजना भएको कार्यक्रममा इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान,जिल्ला प्रतिनिधि बुधन साह,महिला अधिकारकर्मी देवकुमारी महरा,मानवअधिकार रक्षक संजाल सर्लाहीका अध्यक्ष मुकेश मिश्र,लगायत व्यतिmको सहभागिता रहेको थियो ।