ललितपुरका प्रत्येक विद्यालयमा इन्सेकले तयार गरेको पुस्तक पु¥याइनेः समन्वय समिति ललितपुरका प्रमुख फुयाँल
जिल्ला न्यायाधीवक्ता सुशीला ज्ञवालीले ललितपुरमा बालीका पीडित हुनुको मुख्य कारण कानुनी शिक्षाको अभाव भएको गुनासो गर्नुभयो ।दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामीले समाजमा अपराध न्यूनिकरण गर्न प्रहरी लगायत सम्बन्धीत निकाय मात्रै जागरुक नभएर व्यक्ति स्वयंम सहचेत हुनुपर्ने धारणा राख्नुभयो ।गैर सरकारी महासंघ ललितपुरका अध्यक्ष नरेन्द्र डंगोलले ललितपुरको पनि कर्णाली मानिने दक्षिण ललितपुर क्षेत्रमा भने बलात्कारका घटना ज्यादा घटिरहेका बताउँदै के कारणले सो हुन पुग्यो ध्यान दिन अनुरोध गर्नुभयो । सो संस्थाका केन्द्रीय सदस्य टिकाराम दाहालले समाजबाट अपराध घटाउन नैतिक शिक्षा अघि बढाउन जरुरी रहेको सुझाव दिनुभयो । सो संस्थाका सचिव नन्दा ताम्राकारले समाजमा बढिरहेका अपराधका कारण सिर्जना भएको मानसिक स्वास्थ्यका समस्यामा सम्बन्धीत निकायले कहिल्यै सम्बोधन नगरेको दुखेसो गर्नुभयो ।इन्सेक ललितपुरका प्रतिनिधि दिपक घिमिरेले सो जिल्लामा अन्य घटनाका तुलनामा बढी बालिका बलत्कारको घटना दर्ता भएका जानकारी गराउनुभयो ।
Source: http://jbckhabar.com/news/373
HUMAN RIGHTS NEWS PORTAL






