विद्यालय स्वीकृति नपाए मुद्दामा जाने तयारी

दैनिक नेपालगञ्ज डटकम । २०८० असार २३ गते

विभिन्न अधिकारवादी संघ सस्थामा आवद्ध आवद्ध अधिकारकर्मीले बालसुधार गृहमा रहेका बालकहरूको शिक्षाको अधिकारमा चासो राखेका छन् । एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक बसन्त गौतम, इन्सेकका प्रदेश संयोजक भोला महत, सुचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष बिश्जजित तिवारी, सार्वजनिक सरोकार कानून ब्यवशायी समुहका अधिवक्ता बल बहादुर चन्द र कानूनी सहायता समितिका अधिवक्ता मान बहादुर बुढाले मंगल बाल सुधार गृहको अनुगमन गर्दै सुधार गृहमा रहेका बालकहरूको आधारभूत बालअधिकार र शिक्षाको अधिकामा चासो राखेका हुन् ।  अनुगमनका क्रममा अधिकारकर्मीले बालसुधार गृहको ब्यवस्थापन, त्यहाँ रहेका बालकहरूको आधारभुत बालअधिकारका बिषयमा सुधार गृहकी इन्चाज बिमला काउचा मगर, सुधार गृहका बालक लगायतका सरोकारवालाबाट जानकारी लिएको थियो । 

सुधार गृहमा हाल २४६ जना बालकहरू रहेका छन् । क्षमता भन्दा बढी बालकहरू हुँदा एउटै हलमा ५०÷ ५५ जनासम्म बालकहरू बस्न बाध्य छन् बालकहरू बस्नका लागी नया भवन बनाई पनि त्यो पनि अपुग भएको छ । दुवै भवनमा सिमित संख्यामा शौचालय हुँदा बालकहरूलाई शौच गर्न जान पनि पालो पर्खनु पर्दछ । पुरानो भवनमा ४ र नयामा ६ वटा शौचालय भए पनि त्यो पर्याप्त छैन । 

विद्यालय स्वीकृति नहुँदा बालकलाई पढाईमा समस्या 

सुधार गृहमा सरकारी विद्यालयको स्वीकृति नहुँदा बालकहरूलाई पढाईमा निकै समस्या पर्ने गरेको छ । विद्यालय स्वीकृतीका लागी बिगतमा पहल भए पनि सुधार गृहले बिद्यालय स्वीकृती पाएको छैन ।  यसैबीच अधिकारकर्मीले बालसुधार गृहमा रहेका बालहरूको शिक्षाको अधिकारमा गम्भीर राख्दै बिद्यालय नहुँदा त्यसले शिक्षाको अधिकार उपभोगमा परेको असरको बिषयमा चासो राख्दै सुधार गृहको अनुगमन गरेका हुन् । बिगतमा शिक्षा सम्बद्ध अधिकारी, प्रशासनसंग बिद्यालय स्वीकृतिका सर्वपक्षिय बैठक गरेका अधिकारकर्मीले अब पनि शिक्षा शाखाले बिद्यालयउ स्वीकृति नगरे कानूनी उपचारमा जाने तयारी गरेको छ ।  शिक्षा पाउनु बालकको अधिकार भएको र सुधार गृहमा बिद्यालय स्वीकृत नहुँदा बिद्यार्थीहरू शिक्षा पाउनबाट बन्चित भैरहेकाले त्यसको लागि कानूनी उपचारको तयारी गरिएको सार्वजनिक सरोकार कानून ब्यवसायी समुहका सचिव अधिवक्ता बसन्त गौतमले बताए । सार्वजनिक सरोकारको क्षेत्रमा कार्यरत अधिकारकर्मीहरूले संयुक्त रूपमा मुद्दा दर्ताको तयारी गरिएको यसका लागि तथ्य संकलन थालिएको गौतमले जानकारी दिए ।  सुधार गृहमा कक्षा ५ मा ८ जना, कक्षा ६ मा १२ जना कक्षा ७ मा ८ जना कक्षा ८ मा १५ जना, कक्षा ९ मा २३ जना र कक्षा १० मा २३ जना गरि हाल १३४ जना बालकहरूले पढे पनि औपचारिक विद्यालय नहुँदा पढाई नाम मात्रको हुने गरेको छ ।

सुधार गृहमा रहेको बिज्ञालयको भौतिक संरचना प्रर्याप्त छैन । ५ देखि ८ कक्षा संचालन भनेर भवन बनेको छ तर त्यो अपुग छ । चक डस्टर बोर्ड लगायतका शैक्षिक सामाग्रीको उपलब्ध छैन । कक्षा कोठाको अभावमा ५ र ६ कक्षामा पढ्नेलाई एकै कक्षामा राखेर पढाइन्छ । सुधार गृहमा प्राबि तहका २ शिक्षक भए पनि एकै पटकमा ६ कक्षा संचालन गर्नु पर्दा पढ्न बिद्यार्थीले बिषयगत शिक्षकबाट पढ्न पाएका छैनन । सुधार गृहमै रहेका केही बालकले पढाए पनि शिक्षकले पढाए जस्तो हुदैन । एक पटकमा २ कक्षा मात्रै संचालन हुने हुँदा अरू कक्षा खाली हुने गर्दछ । दक्ष शिक्षक नहुँदा बालकहरूले बालकहरू गुणस्तरिय शिक्षा पाउनबाट समेत बन्चित भैरहेका छन् । स्वीकृत बिद्यालय नुहँदा पढ्न चाहने बालकहरूले मंगल प्रसाद, महेन्द्र नमुना उच्च माबि लगायतका नेपालगन्जका बिभिन्न बिद्यालयमा भर्ना भएको देखाई परिक्षा दिने गरेका छन् । अरू बिद्यालयबाट भनाई देखाई माध्यामिक तहसम्म पढ्ने विद्यार्थी आधा भन्दा बढी छन् । यस्तै एसइइ उर्तीण गरेका बालकहरू पढ्ने ब्यवस्था समेत बालसुधार गृहमा छैन । केही बालकले नेपालगन्ज र आफ्नै गृह जिल्लाका बिद्यालयमा भर्ना भएको देखाई पढ्ने गरेका छन् । जसका कारण उनीहरूको पढाईमा निकै समस्या हुने गरेको छ । सुधार गृहका बालकहरूका लागि पढ्नका लागि समयमै सरकारी पाठ्यपुस्तक आउदैन । आए पनि पुग्ने जति आउदैन । बिद्यार्थीले सवै पुस्तक पाउँदैनन् । कसैलाई नेपाली, अग्रेजी, सामाजिक गरि आएका पुस्तकहरू बाडेर पढ्नु पर्ने बाध्यता बालकहरूमा छ । बालकहरूलाई कापी, कलमको पनि समस्या हुने गरेको छ । पुस्तकालय भए पनि नाममात्रको छ । त्यहाँ आवश्यक मात्रामा सबै प्रकारका पुस्तकहरू हरेका छैनन् ।

Source: https://www.dainiknepalgunj.com/news/96?fbclid=IwAR3hYuFLoEuuoccCk1KsJuewvBuxBr7dR9pCL7NStfS9hsih7SO8GChd7Mc