विभिन्न चार सवालमा छलफल
सुर्खेत,१७ मङ्सिर । शिक्षा, स्वास्थ्य, खाद्य र अवास अधिकारको सवालमा प्रदेश सरकार व्यवस्थापिकाको भसमिका विषयक गोष्ठी कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा गरिएको गोष्ठीमा कोरोना महामारी विद्यालयको अवस्था, बालबालिकामा परेको असर, स्वास्थ्य सेवाको प्रभावकारीता, कोरोना महामारीमा खाद्यान्नको अवस्था र पहुँच, मानव अधिकारको अवस्था र सिमात्कृत समुदायलाई परेका समस्याका बारेमा छलफल गरिएको हो । सामाजिक विकास मन्त्रालयका लोकनाथ पौडेलले सामाजिक विकास मन्त्रालयले कोरोना महामारीमा प्रभावह गरेको कामहरुका बारेमा जानकारी गराएका थिए ।
अपाङ्गता भएका नागरिकहरुका हक अधिकार र सवालमा सरकार जिम्मेवार नभएको सुर्खेत अपाङ्ग समाजका अध्यक्ष मायाँ प्रसाद जैसीले आरोप लगाए ।
निशुल्क शिक्षा भनेर कानुनमा लेखिएपनि कार्यान्वयनमा नआएको वीरेन्द्रनगर–२ की सम्झना सुनारले गुनासो गरिन् । छलफलमा उठेका प्रश्न, जि ज्ञासा र सुझावलाई प्रदेश सरकारसम्म पु¥याउने सामाजिक विकास समितिकी संयोजक देवी वलीले प्रतिवद्धता व्यक्त गरिन् । संयोजक वलीले कोरोना महामारीका कारण प्रदेश संसद नचलेको बताउँदै आवश्यकताका आधारमा बजेट विनियोजन गरिने जनाइन् ।
यस्तै छलफलमा इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदी, प्रदेश अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्यामलाल कँडेल, इन्सेका बिन्दुलाल रेग्मीले आफ्ना भनाई राखेका थिए ।