लागूपदार्थ दुर्व्यसनी सम्बन्धी जनचेतना मूलक सडक नाटक प्रदर्शन लागूपदार्थ दुर्व्यसनी सम्बन्धी जनचेतना मूलक सडक नाटक प्रदर्शन

कैलाली खबर डटकम । २०८० माघ १९ गते

१९ माघ,सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुर स्थित कान्ति राज्यलक्ष्मी माध्यमिक विद्यालयमा लागूपदार्थ दुर्व्यसन सम्बन्धी जनचेतना मूलक सडक नाटक प्रदर्शनी गरिएको छ । इन्सेकको सहयोगमा विद्यालयमा गठित बाल अधिकार चेतना समूहले लागूपदार्थ दुर्व्यसन सम्बन्धी जनचेतना मूलक सडक नाटक प्रदर्शन गरेका थिए ।

लागू पदार्थ सेवनले मानव जनजीवन र सिङ्गो समाजमा पार्न सक्ने असर झल्काउन र कुलतको दलदलबाट युवा तथा बालबालिका कसरी फस्छन् तथा यस बाट कसरी बचाउन सकिन्छ भनेर लागू पदार्थ दुर्व्यसनी सम्बन्धी सचेतनामूलक सडक नाटक प्रदर्शन गरिएका हुन् ।

विद्यालयको ७२ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा जनचेतना मूलक सडक नाटक प्रदर्शनी गरिएको बाल अधिकार चेतना समूहले जनाएको छ । पछिल्लो सममयमा युवा तथा बालबालिकाहरू लागूपदार्थ दुर्व्यसनीमा फसेकाले थोरै भए पनि सचेतना फैलिने भएकाले यो कार्यक्रम सञ्चालन गरिएको समूहले बताएको छ ।

नाटकले लागू पदार्थ दुर्व्यसनी न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सहभागीहरू वक्ताहरूको भनाई थियो । कार्यक्रममा मानव अधिकार समूहका पदाधिकारी, शिक्षक, अभिभावक र विद्यार्थीहरूको सहभागिता रहेको थियो ।