सर्वोच्चमा देखिएको अन्योलता अन्त्य गर्न इन्सेकको माग

एभ्यूनुज खबर डटकम । २०७८ मङ्सिर १ गते

विकास, समृद्धि र मानव अधिकारमैत्री शासनमा हाल देखिएका संस्थागत अराजकताले गम्भीर आघात पुग्ने भन्दै इन्सेकले सर्वोच्च अदालतमा देखिएको अन्योलता अन्त्यको माग गरेको छ । इन्सेकद्धारा जारी विज्ञप्तिमा सर्वोच्च अदालतका न्यायाधीशहरू आन्दोलनमा लाग्नु अत्यन्त गम्भीर विषय भएको उल्लेख गरिएको छ । इन्सेकले न्यायिक सम्पादनमा भइरहेको ढिलाइले आम नागरिकको अधिकार कुण्ठित हुने हुँदा तत्काल समस्या समाधान गर्न सरोकारवालालाई आग्रह समेत गरेको छ ।

Source: सर्वोच्चमा देखिएको अन्योलता अन्त्य गर्न इन्सेकको माग – Avenues Khabar