सार्थक पहलकदमी लिन सरकारसँग माग

काठमाडौँ ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अनशनरत डा.गोविन्द केसीको जीवन रक्षाका लागि सार्थक पहलकदमी लिन सरकारसमक्ष माग गरेको छ ।

इन्सेकका अध्यक्ष डा.इन्दिरा श्रेष्ठले आज जारी गरेको प्रेस विज्ञप्तिमा व्यक्तिको जीवन रक्षा गर्ने संवैधानिक दायित्व सरकारको भएको स्मरण गराउँदै सार्थक वार्ताका लागि माग गरिएको छ ।