सुर्खेतमा मानवअधिकार उल्लंघनका १३१ घटना- कर्णाली
इकान्तिपुर डटकम । २०८१ असार १८ गते
सुर्खेत — सुर्खेतमा पछिल्ला ६ महिनामा मानवअधिकार उल्लंघन तथा ज्यादतिका १ सय ३१ वटा घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार जिल्लामा मानवअधिकार उल्लंघन तथा ज्यादतिका १ सय ३१ वटा घटना भएका हुन् ।
सोमबार वीरेन्द्रनगरमा आयोजित अर्धवार्षिक समीक्षा कार्यक्रममा इन्सेकले सुर्खेतले माघ महिनादेखि असारसम्मका १ सय ३१ वटा मानवअधिकार उल्लंघनका घटना भएको तथ्यांक सार्वजनिक गरेको हो ।
इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा घरेलु हिंसाको घटना धेरै भएको बताइएको छ । राज्य पक्षबाट दुई वटा र अन्यबाट १ सय २९ वटा घटना भएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताए ।
उनका अनुसार घरेलु हिंसा ८३, बलात्कार २३, बहुविवाह, ३, महिला अधिकारकार ८, जातीय विभेद २ लगायका घटना घटेका छन्। मानव अधिकारका घटना न्युनीकरण गर्न स्थानीय तहको पनि सक्रियता आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।
Source: https://ekantipur.com/pradesh-6/2024/07/01/131-cases-of-human-rights-violations-in-surkhe-15-47.html
Source: https://www.ukeraa.com/news/detail/149316/
Source: https://khulanajar.com/2024/07/2746/