सोलुमा मानव अधिकार उल्लङ्घनका घटना ३६ प्रतिशतले वृद्धि- इन्सेक

हिमाल सञ्चार डटकम । २०८० असार ११ गते

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा मानव अधिकार उल्लंघनका घटना ३६ प्रतिशतले बढेको इन्सेकले जनाएको छ । जिल्लामा अघिल्लो वर्षको तुलनामा यस वर्षको पुस १५ देखि जेठ मसान्त सम्मको अवधिमा ३६.६६ प्रतिशतले मानव अधिकार हननका घटना वृृद्धि भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले प्रतिवेदनमा उल्लेख छ । आज सोमबार अर्धबार्षिक वर्ष पुस्ताक समिक्षा गर्दै इन्सेकले अघिल्लो वर्षको ६ महिनामा १९ वटा मानव अधिकार हननका घटना दर्ता भएकोमा यस वर्षको सोही अवधिमा ३० वटा दर्ता भएको जानकारी दिएको छ । जसमा घरेलु १८ वटा, बाल अधिकारसँग सम्बन्धित ८ वटा, यौनजन्य ३ वटा र हत्या कुटपिटको १ वटा रहेको इन्सेक जिल्ला प्रतिनिधि अन्जु कार्कीले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी (सिडिओ) बसन्त भट्टराईले जिल्लामा इन्सेकले सोचे अनुरुप काम गर्न नसकेको बताउनुभएको छ ।

मानव अधिकार हननका घटना पहिचान, दर्ता तथा उद्धारका लागि सरकारी स्तरको नजर नपुगेको ठाउँमा समेत इन्सेक पुग्नुपर्ने भएपनि इनसेकको प्रतिवेद प्रहरीकै अभिलेख भन्दा टाढा जान नसकेको भन्दै दुःख व्यक्त गर्नुभयो । इन्सेकले आफ्नो दायरालाई फराकिलो बनाएर काम गर्न सके मानव अधिकारको रक्षा गर्नमा राज्यलाई थप टेवा पुग्ने सिडिओ भट्टराईको विश्वास छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी दिपक श्रेष्ठले मानव अधिकार संरक्षणका लागि प्रहरी सधै सचेत रहेको बताउँनुभयो । आफु जिल्लाको प्रहरी प्रमुख भएको हिसाबले प्रहरीबाट कतै मानव अधिकार हनन भएको आभास भएपनि आफुलाई खबर गर्न समेत आग्रह गर्नुभयो । पत्रकार महासंघ सोलुखुम्बुका अध्यक्ष नुतन श्रेष्ठले पत्रकार, इन्सेक र सरकारी निकाय सबैको पहलमा मानव अधिकार हननका घटनालाई न्यूनिकरण गर्न सकिने बताउँनुभयो । सल्लेरी स्थित एक होटलमा भएको कार्यक्रम पत्रकार महासंघका जिल्ला अध्यक्ष नुतन श्रेष्ठको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी बसनत भट्टराईको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

Source: http://www.himalsamachar.com/2023/06/26/33883?fbclid=IwAR34KXPPvspsDYkC_CnxBvbMMNjPiU5gMo3xYGVfa0SwPQj0r6nkOTj_yIs

Source: https://solufm.com/news/6849?fbclid=IwAR23MzHbTbPrkcQNH5Z2jNg-CQLm2kUxTetiOPE6mydZSr9IMJkK8692sXA