६ महिनामा ८६ मानवअधिकार हननका घटना
नेपालगन्ज : पछिल्लो ६ महिनामा बाँके जिल्लामा ८६ वटा मानवअधिकार घटना भएकाछन् । ईन्सेक नेपालगन्जद्वारा आईतबार नेपालगन्जमा भएको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व अर्ध वार्षिक समिक्षा कार्यक्रममा यस्तो बताइएको हो ।
बाँके जिल्लामा गरैराज्यबाट सवैभन्दा बढि ७९ र राज्यपक्षबाट ७ गरि ८६ वटा मानवअधिकार हनन्का घटनाहरु बाहिर आएको ईन्सक बाँकेले गरेको समिक्षामा जनाइएकोछ ।
कार्यक्रममा बोल्दै ईन्सेक नेपालगन्ज प्रदेश पाँच संयोजक भोला महतले सो कुराको जानकारी दिदै सहभागिहरुबाट राय, सुझाव लिएका थिए ।
प्रत्येक वर्ष ईन्सेकले देशभरबाट मानवअधिकार हनन्का घटनाका विषयमा पुस्तक प्रकाशन गर्दै आएकोछ ।
नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० को प्रकाशनपूर्व अर्ध वार्षिक समीक्षा बोल्दै संयोजकले भने जिल्लामा मानवअधिकारको घटनाहरु बढिरहेको छ । जसमा
राज्य तथा गैरराज्यपक्ष दुवै जिम्मेवार छन् । उनले मानवअधिकार हनन्का घटनामा कमी नआएसम्म जनतालाई मानवअधिकारको प्रत्याभूति दिलाउन नसकिने औल्याए ।
इन्सेक नेपालगन्जका प्रदेश संयोजक भोला महतको अध्यक्षतामा भएको वर्षपुस्तक समिक्षामा उपस्थित सहभागिहरुले पुस्तकलाई समयसापेक्ष परिमार्जन गर्दै अघि बढ्न सुझाव समेत दिएका छन् । उनीहरुले आर्थिक, सामाजिक तथा सांस्कृति अधिकारका विषयलाई प्राथमिकता दिदै जानुपर्ने बताए ।
कार्यक्रममा मानवअधिकार आयोग नेपालन्जका प्रमुख चन्द्रकान्त चापागाई, सहाक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र उपाध्याय, जेलर भरतराज पाण्डे, माइती नेपालका क्षेत्रीय संयोजक केशब कोइराला, फियानका क्षेत्रीय संयोजक सुरेशकुमार गौतम, हिमराईटसका प्रकाश उपाध्याय, उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष वसन्त गौतम, मानवअधिकार एलाइन्सका अध्यक्ष प्रभातसिंह ठकुरी, अधिवक्ताद्वय विकास आचार्य र विश्वजित तिवारी तथा पत्रकारद्वय झलक गैरे र विजय मल्ल लगायतले छुटेका घटना तथा समेटिनुपर्ने विषयमाथि चर्चा गर्दै सुझाव दिएका थिए ।