इन्सेकको रिपोर्ट- २०२५ मा मानव अधिकार उल्लंघन र ज्यादतीबाट साढे ११ हजार बढी पीडित
नेपाल प्रेस डटकम । २०८२ फागुन ७ गते
काठमाडौं । सन् २०२५ मा नेपालमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा वृद्धि भएको तथ्यांक सार्वजनिक भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बिहीबार ललितपुरमा नेपाल मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै सन् २०२५ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट ११ हजार ५ सय ३८ जना पीडित भएको जनाएको हो ।
इन्सेकका पूर्वअध्यक्ष डा. कुन्दन अर्यालले नेपालमा मानवअधिकारको अवस्था सुध्रिँदै जानुपर्नेमा अहिलेका अवस्थाले स्तब्ध भएको बताए ।
इन्सेकले सन् १९९२ देखि हरेक वर्ष नेपाल मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै आएको छ ।
Source: https://shorturl.at/44A0i
Source: https://shilapatra.com/detail/178504
Source: https://shorturl.at/3zE97
HUMAN RIGHTS NEWS PORTAL






