इन्सेक, मिथिला वाइल्डलाइफ ट्रस्ट र युवासंस्थाको सहकार्यमा जलवायु परिवर्तनबारे युथ कन्फ्रेन्स सम्पन्न

तराई खबर डटकम । २०८२ भदौ ८ गते

जनकपुरधाम । जलवायु परिवर्तन, दिगो विकास र युवाको नेतृत्वबारे लोकल कन्फ्रेन्स अफ युथ २०२५ जनकपुरधामस्थित मोडेल कलेजमा सम्पन्न भएको हाे।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मिथिला वाइल्डलाइफ ट्रस्ट, युथ एडभोकेसी नेपाल लगायत संस्थाको सहयोगमा युवा संस्थाले कन्फ्रेन्स आयोजना गरेको हो।

साे उद्घाटन सत्रमा मधेस प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन साहले युवाको सक्रिय सहभागिता बिना जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य हासिल गर्न कठिन हुने बताउँदै, यस्ता कार्यक्रमले युवालाई नीतिगत तहमा योगदान गर्न अभिप्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएकाे हाे।

साे इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले चुरे विनाशका कारण मधेसमा पानीको अभाव बढ्दै गएको बताउँदै सरकार र नागरिक समाजले एकजुट भएर संरक्षणमा लाग्नुपर्नेमा जोड दिनुभयो। उहाँले जलवायु परिवर्तनका प्रत्यक्ष असर कृषिमा परेको र कृषकका लागि ठोस राहत योजना आवश्यक रहेको उल्लेख गर्नुभएकाे हाे।

साे महिला अधिकारकर्मी गुन्जा राईले वातावरण संरक्षण, जलवायु न्याय, हरित अर्थतन्त्र, दिगो विकास लक्ष्य र स्थानीयस्तरमा युवाको भूमिकाबारे सहजीकरण गर्नुभयो। त्यस्तै वातावरण विज्ञ अजित श्रीवास्तवले मधेस प्रदेशमा जलवायु परिवर्तनका प्रत्यक्ष प्रभावबारे प्राविधिक प्रस्तुत गर्नुभएकाे हाे।

कार्यक्रममा मधेस प्रदेशका युवा तथा वातावरणीय अधिकारका क्षेत्रमा क्रियाशील संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

Source: https://shorturl.at/cer0S