खुट्टा काटिएकी पीडितलाई इन्सेकको सहयोग
इप्रतिक दैनिक डटकम । २०८३ बैशाख ३ गते
वीरगंज । पतिको आक्रमणबाट खुट्टा काटिएर उपचाररत हरिकला सहनीलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आर्थिक सहयोग गरेको छ ।
इन्सेक पर्सा प्रतिनिधि तुलसी भण्डारीको पहलमा पीडितलाई १० हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराइएको हो । उक्त रकम बाराको परवानीपुर–५ स्थित एलएस न्यूरो अस्पतालमा उपचाररत रहेकी सहनीनिर पुगेर हस्तान्तरण गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
घटना भएको दिन गत चैत १ गतेदेखि हरिकला सोही अस्पतालमा उपचाररत छिन् । आर्थिक अवस्था कमजोर भएकोले उपचार तथा न्याय प्रक्रियामा कठिनाइ भइरहेको अवस्थामा इन्सेकले सहयोग गरेको प्रतिनिधि भण्डारीले बताएका छन् ।
Source: https://www.eprateekdaily.com/detail/98317
Source: https://www.madhyanepal.com/detail/11975
Source: https://shorturl.at/IBg6I
HUMAN RIGHTS NEWS PORTAL






