नागरिक र सामाजिक संस्थाहरूद्वारा संवैधानिक व्यवस्थाभित्र रहेर सरकार गठन गर्न अपील

काठमाडौँ । २०८२ भदौ २६ गते

विभिन्न नागरिक र सामाजिक संस्थाहरूसामाजिक अभियान्ता तथा मानव अधिकारकर्मीहरूले ०८२ भदाै २६ गते एक अपील जारी गर्दै संवैधानिक व्यवस्थाभित्र रहेर सरकार गठन गर्न माग गरेका छन्। अपीलमा जेनजी पुस्ताको भावनालाई समेत सम्बोधन हुने गरी सरकार गठन र विधिको शासन लागू गर्न भनिएको छ ।

यस विषम परिस्थितमा संयमता अपनाउँदै शान्ति र स्थिरता कायम गर्न नेपालको सार्वभाैमसत्ताभाैगाेलिक अखण्डतासंघीयतालोकतन्त्र र मानव अधिकारको संरक्षण गर्न हामी सबैले जिम्मेवारीबोध गर्न सबै आन्दोलनरत जेनजी पुस्ता र सबैमा विशेष आग्रह गर्दछाैँ अपिलमा भनिएको छ ।

अपीलमा राजनीतिक संकट र आन्तरिक द्वन्द्वतर्फ बढ्ने साथै अन्तर्राष्ट्रिय हस्तक्षेप हुने कुरामा सचेत रहन पनि ध्यानाकर्षण गराइको छ ।

Source: https://shorturl.at/d2RRc